April 6, 2008

छ महिना

"सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ "
छ महिना के होला? माहोल संबिधान सभामय छ। एक आपसमा संबिधान सभा राम्रोहोस भनेर शुभकामना साटासाट भइराखेको छ। संबिधान ६ महिना मा बन्ला? मुश्किल नै छ त्यो कुरा तर एक आपसमा समझ्दारी गरे १ बर्ष सम्ममा बन्ला की? आशा गरुं संबिधान बन्दा २-४ नेपाल बन्द र २-४ चक्का जाम बाहेक त्यो भन्दा बढि नहोस।


छ महिना भने दौतरी सुरु भएको समय हो। छ महिना अगी आजैको दिन दौतरी सुरु भएको थियो। दौतरी सुरु हुंदा निकै उल्लास छाएको थियो। तर सुरुको १-२ महिना त ब्लग सहि तरिकाले प्रकाशन गर्न पनि नजानेर कति दिन त दौतरी पेज नै खुलेन। फेरी दौतरीको र्फम्याट कस्तो राख्ने या कसरी राख्ने यस्तै यस्तै असमन्जासमा समय बिते। ६ महिना गएको पत्तो नै भएन। यस बिचमा करिब २५० ब्लग लेखिएछन। सायद दौतरीमा कसैको बिचार जबर जस्ती नलादिने या कसैले यो किन लेखेको मेटीदिउ, आदी दम्भपुर्ण काम नहुदा नै स्वफुर्त बिचार प्रबाह गर्ने ठाउ भएको महशुस हुन्छ दौतरी।
सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ ।आशा गरौं दौतरी यस्तै स्वतन्त्र बिचार प्रदान दिने प्रमुख ठाउ बनेर नेपाली र नेपालीहरुलाइ माया गर्ने बिच सदैब लोकप्रिय रहिरहोस।
तपाइ पनि सामुहिक दौंतरीलाइ कसरी उचो पार्न सकिन्छ, मनन गर्नुहोस है?



4 Comments:

Anonymous said...

ahha...kasto ramro tika.
dautari hami sabai ko ho ni. shayog garchu ni dherai dherai. 6 months ko suvakamana dautari lai mero.

ठरकि दादा said...

छ महिना भैसकेछ, समय बितेको पत्तै भएन, यस बिचमा धेरैजना साथिहरु पनि जम्मा हुनु भएको छ र "पाहुना" हरले पनि बेला बेलामा कलम चलाईरहनु भएको छ । गति कहिले मन्द र कहिले तिब्र रहे पनि सालाखाला स्थिति राम्रै देख्छु म त । बाँकि तपाई र अन्य साथिहरुको समय र लगनको लागी साँच्चै मन देखी धन्यवाद दिन चाहन्छु ।

हेर्दै जादां केहि कुरा सिकिन्छ र जानिन्छ बिस्तारै यसलाई परिमार्जित गर्दै लानै पर्छ । सबैजना मिलेर सोचौं अगाडी के गर्न सकिन्छ।

पीजी said...

It has grown up a lot in this six months time. The speed is average and not bad. I believe with the time it will advance a lot and will be able to include superb views, reviews and ideas. One day it will emerge as a perfect point to aggregate Dautaris' ideas and share the feelings. Not only that it will be a VOICE of Dautaris from different corners of the world. We know "Together we can make a change!"

Your effort of technical garnering and adorning is appreciable.

Again remember "together we can change, we can do a lot!".

Anonymous said...

I think the same. Keep on moving, Dautari will be become better and better. It needs time to get a full shape but it is always rewarding.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !