April 4, 2008

दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


3 Comments:

ठरकि दादा said...

खुलेर भने पनि नभने पनि हामि सबैको मनामा रहेको अहिलेको डर यहि हो ।

मेरो अनुमान पनि करिब करिब तपाईको जस्तै छ, ४-५ सिट त होईन तर चुनाव निस्पक्ष भएमा १०-१२ चाहि यि दुबैले नघाउन सक्दैनन्, त्यसपछिको स्थित म पनि अली असजिलै देख्दैछु।

केहि समय पहिले माकुनेले "हामिस‌म संबिधान बनाएको अनुभव छ" भन्दै लाजै नमानी भोट माग्दै थिए। १० बर्ष पनि टिक्न नसक्ने र देशै लथालिंग हुने कार्यको पनि'अनुभव'भनेर हिडनेहरुले फेरि बनाउने संबिधान पक्कै पनि तपाईले भने जस्तै केहि बर्षकै अन्तरालमा पून काम नलाग्ने भयो भने कसैले अचम्म नमाने हुन्छ ।

Anonymous said...

yo kura sarai man paryo. do you think maobadi prachanda have same kind of moral after this election? He gonna loose and I bet this looser gonna grab a gun.
Thanks for sharing your view.

पीजी said...

टोयोटा गाडीको बिज्ञापन जस्तो लाग्छ,.. सिधा उबड खाबड बाटोमा शानले दौडाउदै लगेको गाडी पहाडको त्यो अन्त्यमा पुग्छ जहाँ बाट अगाडि जाने ठाउँ नै हुँदैन, बिज्ञापन को त्यो गाडी त अगाडिको गहिरो खाडीमा खस्नबाट ब्रेक ले रोकिन्छ तर यो देशले त ब्रेक लगाउन सक्दैन ।

वास्तवमा यो एकदम टड्कारो कुरो हो कि मुख्य दलहरुले निर्वाचन पछी के हुन्छ अर्थात कसरी जाने भन्ने बिषयमा उपयुक्त निकास या समाधान सोचेको छैन होला विषेश गरेर प्रजातान्त्रिक पार्टी हरुले । जहाँ सम्म मलाई लाग्छ दुबै उग्रपन्थी (दर्बार र माओवादी) हरुले पक्कै पनि यस् बिषयमा अरुले भन्दा बढी सोचेका होलान किनकी दुबै लाई थाहा छ आफ्नो पक्षमा जनमत आउँदैन। चुनाव यो गते र उ गते भन्दा भन्दै न त जनतालाई संविधान सभाको चुनाव केहो भन्ने जानकारी दिन भ्याए, न त त्यस पछीको स्पष्ट खाका कोर्न भ्याए । दलहरुले त जस्तो नतिजा आउछ त्यही अनुरुप नै आफ्नो अवसरबादी चरित्र प्रदर्शन गर्लान तर माओवादीले चाँही "भयंकर" गर्ने कोशीश गर्नेछ। किनकी २०४८ को चुनाव मा हारेकै कारणले खाली हातले बन्दुक समाएका थिए, अब त बन्दुक समाइसकेका हातले के के समाउने हुन !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !