April 12, 2008

बधाई त दिन करै लाग्यो।

सबैको अनुमान बिपरीत छक्कै पार्नेगरी चुनावी परीणाम आइराखेको छ। सायद माओबादी नेत्रित्वलाई नै यस्को आभाष थिएन र हामी हार्ने चुनावको के महत्व भन्दै उनीहरु चुनाव बाट तर्किरहेका थिए र कांग्रेस एमालेले यसलाई माबादीको कमजोरी भनेर आंकलन गरे। यहाँ अहिले माओबादीहरु बिजयोल्लासमा छन भने कांग्रेस र एमाले चित खाएर बसेको छ। तर मलाई कसैको जीत वा हार भन्दा पनि देशमा शान्ती स्थापना हुन्छ कि हुन्न भन्ने मात्र चासो थियो। समाचारमा छापिएका वाइसिएलका गतिबिधिहरु पढेको सुनेको आधारमा मलाई पनि लागेको थियो माओबादीको नराम्रो पराजय हुने भयो। उनीहरुको पराजयले उनीहरुलाई फेरी जंगलको बाटो लैजाने छ भन्ने पीर रहिरहेको थियो। त्यसैले शान्तीको लागि माओबादीहरुलाई कांग्रेस्-एमालेले केही समय साथ साथै लैजानु पर्ने जिकिर गरेको थियं। कांग्रेस त जहिले पनि मै खाउं मै लांऊं भन्ने पार्टीहो र भर्खर देउवाको तान्त्रीक समुहसंग एकता भएको दम्भ थियो, किन टेर्थ्यो र। एमालेले पनि सही आंकलन गर्न सकेन। बामदेव, झलनाथ लगायतका ले माओबादीसंग चुनावी एकताको पहल गरेका थिए, तर माओबादीका जन्मजात शत्रु बनेर निस्किएका केपी ओली र प्रदीप नेपालहरु जस्ता बिरालु नेताहरुले त्यो पहललाई तुहाइदिए। पार्टीको केन्द्रीय कमिटीमा सो बिषयमा छलफल नै हुन पाएको छैन, यी दुइले पहिले देखिनै बिरोधमा बोल्न थालिहाले र जसले गर्दा महासचिव लगाएत केन्द्रीय कमिटीको निर्णयलाई प्रभाव पारीहाल्यो। महासचिवको हैसियतले यी दुइलाई ठेगानमा राखेर निर्णय गर्न नसक्नु माधव कुमार नेपालको कमजोरी नै हो। साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखे जस्तो एमाले नेताहरुले पनि आफ्नो पार्टीको स्थिति ७-८ बर्ष पहिले जस्तै रहि रहेको गलत आँकलन गरे। नेताहरु सत्ताको लुछाचुंडीमा काठमाण्डुमा ब्यस्त-चिल्ला गाडीमा कुद्ने, मोबाइलमा कुरा गर्ने, कम्प्यूटरमा मनगढन्ते लेख लेखेर छाप्ने र रिषि धमलाको अड्डामा भाषण ठोक्ने बाहेक जनतामा जाने, संगठन् गर्ने काम भएन। निराशाले गर्दा गांउ-इलाका स्तरका कार्यकर्ताहरु या त बिदेश पलाएन भए या कुनै रोजगारी वा पेशामा लागे वा माओबादीको प्रभावबाट बच्न सकेनन् र जनस्तरमा पार्टीले पकड गुमाइसकेको थियो तर नेताहरुले यसको भेउ पाएनन् वा केपी ओलि र प्रदीप नेपाल जस्ता दम्भकारीहरुले यो कुरो बुझ्न चाहेनन्।
माधव कुमारले नैतीकताको आधरमा राजीनामा दिनु स्वभाविक हो र एउटा जिम्मेवार नेताले त्यस्तो गर्नै पर्छ। राजीनामा त ल्यापटप-मोबाइलमन्त्री प्रदीप नेपालले दिन पर्ने हो। मन्त्री हुने बित्तिकै आफ्नो छाता पनि अर्कैले ओडाइदिन पर्ने शामन्ती संस्कारका केपी ओलीले दिन पर्ने हो। हिजो बामदेवहरुलाई पार्टी फुटाउन बाध्य पार्नेमा पनि यिनै दुई केपी र प्रदिपहरु हुन र अहिले पार्टीको यो स्थिति पुर्याउनमा पनि यिनै दुइको भूमिका जिम्मेवार् छ।

जे होस माओबादीको बहुमत् आउने निस्चित् जस्तै छ र उनीहरु अब पक्कै जंगल् जाने छैनन् तर उनीहरुले सरकार जंगलीरुपमा नचलाउन् भन्ने मेरो कामना छ। एउटा बिधिको शासन चलाउन।फेरी भाटे कार्बाही, हत्या अपहरण जस्ता कुराहरु नहुन् र बिगतमा कांग्रेस एमालेले गरेका गल्तीहरु नदोर्याउन्।राम्रा कामहरु गरेछन् भने जनता तपाइहरुकै साथमा रहिरहने छन् होइन भने नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी र पछिल्लो दसकको प्रख्यात एमालेलाई जस्तै तपाइहरुलाई पनि जनताले छोड्ने छन्। देशमा फेरी युद्ध नहोस। बधाई त दिन करै लाग्यो।



5 Comments:

Anonymous said...

HOPE......YES WE CAN!!!!!!

Anonymous said...

Nepali people have given their message. Hope all new and old polotical leaders will learn from this.

I am going to celebrate this result. Will you join me?

Anonymous said...

kina karai, dil fukayera badhai diu na comrade.
sabai maobadi nepali sabai nepali maobadi

ठरकि दादा said...

साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखे जस्तो पुराना दलका नेताहरुले पनि आफ्नो पार्टीको स्थिति ७-८ बर्ष पहिले जस्तै रहि रहेको आँकलन गरेको र माओबादिलाई अण्डर ईस्टमेट गरेको कुरा १००% साँचो हो । १२-१४ बर्ष सम्म आफुले गरेको ब्रम्हलुट भुलेर खाली माओबादिको हिंसालाई मात्रै सबैले हाईलाईट गरे ।

आफुहरुलाई पुराना "घगडान" ठान्नु र माओबादिलाई "फुच्चे" ठानेका कारण जनतामा रहेको बितृष्णाको भेउ कसैलाई भएन ।

व्यक्तिगत रुपमा म माओबादि समर्थक हुदैं होईन तर तपाईले भने जस्तै देशमा फेरि युद्द नहुने र स्थाईत्व छाउने आशामा कामरेडहरुलाई बधाई दिन मलाई पनि कर लागेको छ ।

बधाई कामरेडहरु ! अब माओबादिले जित्न सक्दैनन भन्ने हाम्रो अनुमान गलत सिद्द गरे जस्तै माओबदिले देढ चलाउन सक्दैनन् भन्ने के पी ओलि र पुराना घगडान नेताहरुको हलुका तर्कलाई पनि गलत सिद्द गरेर देखाईदिनु । बधाई र शुभकामना!!

nepalean said...

जिते पछि बधाइ त जस्ले नि पाउछन। मेरो पनि बधाइ माओबादीलाइ।
माओबादी पढाइको माम्लमा धेरै पछाडी भएको भन्ने कुरा सांचओ हो भने त कस्तो संबिधान आउने हो, त्यसमा शंका गर्नुपर्छ कि?
बाहिर कराए जस्तो भित्र नहुने हुंदा बोलेको कुरा पुराउन सक्ने स्थीतमा त माओबादी पक्कै छैनन। तर जनताको म्यानडेट पाइसकेको हुनाले आशा गरूं माओबादी राम्रै काम गरुन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !