April 18, 2008

सन्दर्भ संविधानसभा

परिणामले लेराएको हलचल
-शेखर ढुङ्गेल
निर्वाचनको चार दिन अगाडिसम्म एमालेसित तालमेलको याचना गर्ने स्वयं माओवादी होस् कि परिणाम जस्तो आए पनि स्वीकार्न चेतावनी दिने अमेरिकी- सबैले चित खाएका छन् । त्योभन्दा बढी लुटेको धन र सामन्ती रबाफले जनताको मत किन्न खोज्ने कांग्रेस र एमाले तीन बल्ड्याङ्ग लडे नलडून् पनि किन स्वाभाविकैले गणतन्त्र र संविधानसभाको माग माओवादीकै थियो । उसको माग बमोजिम भैराखेको निर्वानमा उसलाई मत नदिए कसलाई दिने राजासित सत्ता खोसेर आफू विराजमान हुन माओवादीको पुच्छर समात्ने नीति लिएका एमाले-कांग्रेस नपछारिए को पछारिने ?
यो परिणामले सत्तामा रहेमात्र निर्वाचन जितिन्छ भन्ने परम्परागत सोचको पनि अन्त गरेको छ । सत्ताधारी दर्जर्नाै मन्त्रीहरुले बलड्याङ्गबाजी खानु यसको प्रमाण हो । भ्रमको खेती गरी जनतालाई झुक्याउनेहरुलाई नराम्रो झापड दिएका छन् जनताहरुले ।
यो अप्रत्यासित परिणामले तत्काललाई कैयौं प्रश्नहरुले व्यक्ति-ब्यक्ति संस्था-संस्थाहरुमा घचघचाइ राखेको छ । अब हुन्छ के त सबैभन्दा ठूलो अहम् प्रश्न यो छ कि माओवादीहरुले नयाँ संविधान बनाउने हुँदा व्यक्तिका अधिकार वाक् स्वतन्त्रता प्रकाशन अधिकार भनौं मानवाधिकारको प्रत्याभूति देला कि नदेला कतै यो राणा पाचायती अर्थात् तानाशाही भयो भने दरबार र कोइराला परिवारको राजनीति इतिश्री भएकै हो त? त्यसपछि ?
प्रजातन्त्र र राजनीतिक स्थायित्वको लागि राजाको शासनभन्दा बढी प्रश्न खडा भएका छन् एकातिर जनअनुमोदन अर्कोतिर अधिनायकवादका पृष्ठपोषक २१ औं शताब्दीमा दुनियालाई छक्कै पार्ने गरी आएको यो नतिजाले कैंयौं तर्क-वितर्कका लहर पैदा गरिदिएको छ । नेपालका जनताले प्रजातन्त्र बुझेका छैनन् कि क्या हो वा कांग्रेस र एमाले प्रतिको वितृष्णा मेटाउन आफ्नै खुट्टामा बाचरो हान्दैछन् काठमाडौंको परिणामले त लाग्दछ यो नानीमैया दाहाल र गोल्छे सार्कीको नियति नकारात्मक मत को पुनरावृति त होइ्न वा लोकतान्त्रिक गणतन्त्र र माओवादीको गणतन्त्रबीचको भेद छुट्याउन नसकेको अवस्था पो हो कि कांग्रेस र एमालेलाई पहिलो वा दोस्रो र माओवादीलाई तेस्रो स्थान दिलाएको भए सहमतिको ुट्रेकु मा आउन माओवादी वाध्य हुने थियो । भूकम्पझैं उथलपुथलको सङ्केत बोकेर आएको परिणाम प्रजातन्त्रको लागि सकारात्मक बन्ने कुरामा सबै सशंकित छन् । एमालेको नेतृत्व वर्गमा आएको विचलन र सरकारबाट बाहिरिने निर्णय सैनिक प्रमुखको राजीनामाको खबरले झस्काएको छ । हिजो तराईमा माओवादीविरुद्ध वितण्डा मच्चाएको उपेन्द्र यादबको फोरम कांग्रेस र एमालेको हाराहारीमा चौथो स्थान आउनुमा खासगरी कांग्रेस नेतृत्वको अकर्मण्यताकै प्रतिफल हो । तराईको जनताको वकालत गर्ने पुरानो दल सद्भावनाको राजनीतिक सङ्कट सुरु भएको छ । माओवादीले प्रमुख दुश्मन मानेको फोरमसित राजनीतिक सत्ता साझेदारी गर्नुपर्ने अनौठो अवस्था उसलाई आइपरेको छ । उता अन्तर्राष्ट्रिय जगत पश्चिमेलीहरु निर्वाचनको परिणाम देखेर अक्क न बक्क भएका छन् भने भारतले माओवादीसित हात बढाउने त भन्यो तानेर लडाने हो कि उठाउने हो कि माओवादीलाई आगामी दिनमा पत्ता लाग्ने नै छ । तर यो तुफानरुपी परिणामबाट दलहरुले आत्ति हाल्नुपर्ने अवस्था भने छैन तर राजाको लागि भने यो स्थिति चट्याङ्ग बन्न सक्तछ । आगामी दिन राजाबिनाको आवस्था कस्तो होला मच्छेन्द्र नाथको रथ भाँच्चिनुको अपशकुन ुराजाु को लागि मात्र हुने हो कि देश र जनताको लागि पनि आगामी ३० महिना माओवादीको लागि व्यक्ति प्रकाशन मानवाधिकार र बहुदलीय व्यवस्थाप्रति प्रतिबद्धताको परीक्षाको अवधि रहनेछ । संविधानको ढाँचा थाती राखिएका विभिन्न मागका मुद्दाहरु जुन फोरम र तमलोपासित हालको सरकारले सम्झौता गरेको छ कसरी समाधान गर्ने वा समेट्ने फोरमसमेत सम्मिलित सरकार बनेमा माओवादी कसरी पेश हुनेहो हेर्नुछ । राजनीतिमा अस्वाभाविक र असम्भव भन्ने केही हुन्न भन्ने सोच हाम्रो देशको जस्तो राजनीतिमा विशेष रुपले लागू हुँदै आएको छ । माओवादीले साच्चिकै माओवादी र अधिनायकवादीको व्यवहार गरेभने एमाले-कांग्रेस र राजावादीको सडकमा मोर्चा बन्नसक्छ अनि ुदो दिन के चाँदनी फिर वही अधेरी रात……।ु हुन सक्दछ । माओवादीको लागि । ३० महिनासम्म कांग्रेस एमाले र बाँकी संसदवादीको एउटै मोर्चा बनी कार्यान्वयन हुनसक्यो र गाउँ-गाउँ बस्ती-बस्तीका जनतासित पश्चातापको आँसु बगाउँदै अनुनय विनय गर्न सकेभने माओवादीले अधिनायकवादी सोचमा परिवर्तन गरेनन् भने र निर्वाचन सदनको लागि गराए भने फेरि निर्वाचित भएर आउने सम्भावना त छदैछ तर माओवादीको नीति अनुरुप राज्य साचालको नाममा नयाँ र एकलौटी नीति लागू भएमा अर्को रक्तरन्जित क्रान्तिबिना नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनेछैन ।
जेहोस् आँधिबेरी बनेर आएको यो परिणामले उठाएको कैयौं प्रश्नहरुको जबाफ नयाँ संविधान निर्माण सदनको निर्वाचन र त्यसपछि बन्ने सरकारको स्वरुपले मात्र दिनसक्नेछ । तर बजारको अविश्वसनीय हल्लाअनुसार संविधानसभाको निर्वाचन राजा माओवादी कांग्रेस एमालेको लागि वाध्यात्मक परिस्थितिको निकास दिने औपचारिकता मात्र हो । परिणाम जे आए पनि संविधान कस्तो बन्ने भन्ने कुरामा ुआन्तरिक सम्झौताु भैसकेको छ रे यसो हो भने झनै राम्रो ! हेरौं…।sे हुन्छ



1 Comments:

पीजी said...

चुनाव भएपछि सब सेट हुन्छ भन्ने हल्ला चलाइए जसरी देश सेफ ल्यान्डिङमा त्यति सजिलै पुग्ला जस्तो लाग्दैन । जनगणतन्त्रको लागि संघर्ष गरेको माओबादीले २-४ वर्षको लागि मात्र सत्तामा बस्ला भनेर खै आफुलाइ त विश्वास लाग्दैन । जे होस संविधान सभाको परिणामले माओबादिलाई कानूनी रुपले सत्ता कब्जा गर्ने बाटो खोलिदिएको छ । तर संविधानसभाको निर्वाचन राजा माओवादी कांग्रेस एमालेको लागि वाध्यात्मक परिस्थितिको निकास दिने औपचारिकता मात्र हो भने त त्यस पछि के गर्ने भन्ने विषयमा पनि सोचिसकेका होलान । जे होस केहि दिन पर्खिनै पर्ने भो निकास देख्न !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !