April 14, 2008

एमालेको आत्महत्या रणनिती

"अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ"
मान्छे जब निराश हुन्छ अनि सबै तिरबाट तिरस्क्रित हुन्छ उसले अन्तिम पटक पुन माथी आउन आत्महत्या गर्छ। उसलाइ थाहा हुदैन उ मेर्ने दिन मात्र चर्चामा आउछ। त्यसको भोली पल्ट उसको अस्थित्व यस संसारबाट हराइसक्छ। यस्ता खाले ठुला साना घटना सुन्ने गरिन्छ।
केही महिना अघी एक युवकले आफु चर्चामा आउन नेब्रस्काको ओमाहा शहरमा सपिगं सेन्टरमा गोलीले आफु लगाय कैयौंको हत्या गरेका थिए।यस्तै निराश बनेको छ एमाले।संबिधान सभाको चुनाबबाट आफ्नो आजात शत्रु माओबादीले लाज जोगाउने कपडा समेत हरेको हुंदा एमाले हतासमा चुनाबको परिणाम नसकिदै सबै सहमती तोडेर सरकार छोड्दैछ। निभ्न लागेको बत्ती जस्तै माओबादी दन्केको हो या आगोको मुस्लो भर्खर निस्कदा एमाले खरानी भएको हो, त्यो त भबिष्यले नै बताउला। तर यस पटक माओबादीले टुट,फुट र जुट भएको महा-कांग्रेसलाइ समेत खोलाले ढूगां बगाए जस्तै बालुवा मुनि पुरिदिएको छ।
दोस्रो स्थानको लागी एमाले संग कष्टपुर्वक भिड्दै गरेको कांग्रेस चुप चाप छ। गरिबको उत्थान गर्ने पार्टीबाट नेता बर्गको उत्थान गर्ने पार्टी बनेको नेपाली कांग्रेस सम्बभत एक पद पाए सम्म मन्त्री पदमा रहिरहने छ। सहमती बनाउनु र तोड्नु नै राष्ट्रीय पार्टिहरुको पेशा भएको हूंदा संबिधान बनाउने बिधायिका छानि सकिए पनि अब बन्ने काम चलाउ सरकारमा माओबादीको मुख्य भुमीका र कांग्रेसको सहायक भुमिका रहेनछ। परिस्थीत यस्तै रही रहे २०४७ सालमा १०० दिन भित्र कांग्रेसको एकमाना सरकार ढाल्न कस्सिएको एमाले यस पटक रेलीगं र टेलीफोन बुथमा ब्यस्त नहोला भन्न सकिन्न।
अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ।


6 Comments:

पीजी said...

ए मा लेमा विगत १५ वर्षदेखी नेत्रित्व सक्षम समुहको हातमा नभै भिड र अवसरवादीहरुको झुण्ड भित्र मात्र सिमित रहेको कुरो सबैलाई बिदितै छ। बार्गेनिङ अनी गुट्बन्दीमा पोख्त व्यक्तिहरुले पार्टी हाँक्ने अवसर पाये भने तल्लो लेबलका कार्यकर्ताहरु पनि जागिरको आशामा र पदको लोभमा गलत प्रव्रितीको बिरोध गर्ने हिम्मत गरेनन भने बिरोध गर्नेहरुको पार्टी भित्र नै सफाया भयो। गलत दिशा, गलत दृष्‍टिकोण , गलत बिष्लेशण, चरम गुट्बन्दी, पुरातन सोच, अनी नेत्रित्वको ढुल्मुले पन, द्वैध निर्णय, द्वैध चरित्र, राम्रा अडान थाती राख्न नसक्नु यस्तै यस्तै फेहरिस्त बन्छ एमालेको पतन का कारणहरु खोज्ने हो भने ।

अब हेर्नु छ माओवादीको अगाडि समर्पण गरेर बस्छन या अझ उग्र नारा लिएर अगाडि आउछन हेर्न बांकी छ ।

Anonymous said...

हैन जनताले लात मारेको एमालेले सरकार छोड्छु भन्दा के को गनगन हो ? मेरो बिचारमा एमाले र काँग्रेस दुबैले सरकार छोड्नु पर्छ र माओबादीलाइ एकमना चलाउन दिनु पर्छ । नेमकिपाले जस्तो घोषणा नै गरेर विपक्षमा बस्नुपर्छ ।

मलाइ राजनीतिमा यो सहमति भन्ने चीज देखाउने दाँत मात्र हो भन्ने लाग्छ, सहमतिको पर्दा भित्र सबैले सबैको खुट्टा तानीरहेको हुन्छ । खुरुक्क बाहिर बस्ने र सरकार चलाउने माओबादीलाइ अनावश्यक टाङ लडाएर निहुँ नखोज्ने । संविधान बनाउने कुरामा सहयोग गर्ने ।

सरकार भित्र बसेर एकार्काको थाप्लोमा दोष हाल्न प्रतिस्पर्धा गर्नु भन्दा सरकारबाहिर बसेर रेलिङ भाँच्न हिडेकै जाति । संविधान बनाउन सहयोग गर्ने र सरकार चलाउन सहयोग गर्ने छुट्टाछुट्टै कुरा हो । संविधान बनाउन सहयोग गरेर सरकार चलाउन असहयोग गरे मेरो कुनै आपत्ति छैन । खुल्लमखुल्ला १०० दिनको समय दिएर सरकारबाट बाहिर आउने, र १०१ दिन देखि शान्तिपूर्ण आन्दोलन शुरुवात हुने घोषणा गर्यो भने पनि म अनौठो मान्दिन । राजनीति नि गर्नु छ, बब्बनसिंह जस्तालाइ जिताउने जनताको मत पनि आकर्षित गर्नु छ, अनि सज्जन भैटोपलेर सहमतिको फुर्को नि झूण्ड्याउनु छ ??!!!! सरकार चलाउन के को लागि सहमति चाहियो ? संविधान बनाउन पो सहमति चाहियो ।

आखिर नेपालमा बनाउनको लागि ध्वस्त पार्नु जरूरी छ भन्ने नजीर जो बसेको छ ।

nepalean said...

अहिलेको चुनाव सरकार चलाउनलाइ नभै संबिधान बनाउनलाइ भएको हुंदा धान काट्ने समयमा लौसी खोज्न जान नहुने हो, मेरो अर्थाइ यही हो।
खुट्टातान राजनितीले नेपाललाइ धेरै पछाडी धकेलेको हुंदा केही समर्थन बिरोध गरे पनि आमचुनाब सम्म बातारवरण नबिगारे देशलाइ गती लिन्थ्यो कि?
नेपालका कम्निष्टलाइ परिबर्तन एक्दम प्यारो हुन्छ। माओबादीले सिंगै सरकार चलाए प्रशस्सत परिबर्तन देख्न पाइन्छ, आशा गरौं सबै परिबर्तन उत्पादकनै रहुन।
१५००० को ज्यानबाट माओबादी चोखिए पनि बब्बन सिंह र बिजय गच्छेदार जस्ता कमसल मान्छे जनताको रोजाइमा पर्नुले पार्टीहरुलाइ गैरकानुनी बाटो रोज्न प्रोत्साहीत नगर्ला भन्न सकिन्न।
अहिले समय भनेको भिरको गाइलाइ राम राम मात्र भन्नु हो। गाइ लड्नुको सट्टा हरियो चरनतिर गए सबै नेपालीलाइ फाइदा नै पुग्छ र त्यो असम्भब भने छैन।

ठरकि दादा said...

यो बिषयमा मेरो बिचार चना जि संग मिल्छ। अगाडि पछाडि कारण जे सुकै होस, जनताले विश्‍वास नगरेर भोट नदिए पछि मनमा कटुता र हारको बिष लिएर सरकारमा बस्नु भन्दा सरकार छाडेकै ठिक हो ।

नेपालिएन जी ! तपाईको "खुट्टातान राजनितीले नेपाललाइ धेरै पछाडी धकेलेको हुंदा केही समर्थन बिरोध गरे पनि आमचुनाब सम्म बातारवरण नबिगारे देशलाइ गती लिन्थ्यो कि?" भन्ने बिचार ठिक हो तर आफ्नै दलको "अर्को मान्छे" प्रधानमन्त्री हुदां त सहन नसक्ने पतित नेताहरुले अर्को दलको सरकारमा कति दिन धैर्य धारण गरि बस्न सक्छन र?

एक चोटी सबैलाई याद दिलाउन चाहन्छु, केहि समय अगाडि सम्म गिरिजा कोईराला २-३ दिन थला पर्दा "प्रधानमन्त्री को विकल्प खोज्नु पर्‍यो" भनेर कुर्सी ताक्ने माकुने र आफ्नै दलका नेता कृष्ण प्रसाद भट्टराईलाई चुनावमा हराउन दत्त चित्त भएर लाग्ने हाम्रा महान कांग्रेसी नेताहरु केवल औपचारिकताको लागि मात्र सरकारमा बस्नुको कुनै मतलव हुनेछैन ।

डर त यत्ती मात्रै छ कि १०० दिन पछि फेरि मेरो देशका सम्पतिहरु तोड-फोड शुरु हुने छ, किनकि बिरोधको लागि हाम्रा महान नेताले जानेका अचूक औषधि त्यहि मात्र हो ।

बाँकि बब्बन सिंह र बिजय गच्छेदार को जितले पक्कै पनि राम्रो शन्देस त दिदैन, तर तपाईले भन्नु भएजस्तै १५००० ज्यान संग खेल्नेले शान्दार विजय हासिल गर्ने देशमा यसलाई एकदमै अनौठो लिनु नपर्ला ।

Anonymous said...

UMLe always sucks. May be Madhava kamrade is the reason. but just sucks and socks. Nepal people give victory to maobadi. maobadi rule. It is maobadi time.

Postak_Shrestha said...

निर्वाचनमा पराजीत भैइसकेपछी सत्तामा टांसिरहनु लाजलाग्दो कुरो हो। जनमतले परिवर्तन खोजेको छ र त्यसको लागि सबैले राजीनामा गरेर माओबादीलाई सरकार गठन गर्न बाटो खोलिदिन पर्छ। माओबादीले सरकारमा सहभागी हुन निम्याएमा बिचार गर्ने कुरो अर्कै हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !