April 4, 2008

छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन


3 Comments:

Dilip Acharya said...

केहि हरफको ताना-बानामा नेपालको डेढ दशकको यथार्थ ईतिहास दर्शाईदिनु भएको छ तपाईले ।

बिभिन्न, नारा र बादको ईन्द्रजालले नेपाली जनताहरु फेरी फेरी ठगिदै आएका छन भने त्यहि बिभीन्न झण्डा, सपना र नाराको भरमा धेरैले अझै ठग्दैछन हामिलाई ।

तर आशा गरौं बसन्त पक्कै आउनेछ वा हामिले ल्याउने छौं ।

Panda said...

Nice poem! shows the bitter reality of "kranti" that I used to hear when I was a child.

Anjan Banbasi said...

nice poem, Aagadi ka din haru ma pani yastai leekhdai jannu la subhakamana .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !