March 15, 2008

Free Tibet

यो शब्द उच्चारण गर्न जति सजिलो छ त्यसको भाव उत्तिकै गहिरो छ। हिप्पीहरु "Free Tibet" लेखिएको टि-सर्ट लगाएर गांजामा लठ्ठीएर घाम ताप्दै सुतेको देख्दा लाग्छ तिब्बत सित्तैमा घुमेर यसै गरेर दंगदास भएर सुत्नु हो। पर्यटकबाट अर्थतन्त्रमा ठुलै टेवा पुगेको तिब्बतमा यो नारा हिमकाय देशको त्रासले फिरन्तेको टि-सर्टमा सिमत हुन पुगेको छ।
आधी शताब्दी अघीबाट आफ्नो पहिचान गुमाएको तिब्वत हिजो आज बर्षमा १ पटक अझै चर्चामा आउने गर्छ। तर यस पटकको चर्चा भने लामै समयसम्म रह्यो। अझ भन्नु पर्दा आजको दिन सम्म तिब्वतको खबरले समाचारमा ठाउ ओगटिरहेकोछ। करिब करिब यो खबरबाट बेखबर नेपाली पत्रिका नेपालकै शहरहरुमा आफ्नो देश मुक्त गराउन पहल गरिरहेका तिब्तिय शरणार्थीहरुले नेपालमा पर्दशन गर्न पाउछन र, बहश गर्दैछन नेपाली जनता। दु:खको कुरा नेपालकै पहिचान भारी भइरहेको देशमा आफ्नो देशको पहिचान खोज्दैछन तिब्बतीहरु।करिब ४९ बर्ष पहिले तिब्बतको पूर्वी भुभाग चाम्डो हडपेर त्यस पछी १७ बुदे सम्झौता गेरर त्यही सम्झौतालाइ पासो बनाउदै सारा तिब्बतलाइ चिनले हडपेको थियो। तिन दिन सम्म चलेको चिनिया र तिब्बतीबिचको लडाइमा २००० तिब्बतिले ज्यान गुमाएका थिए। समर्थन बिरोध सधै हुने नै गर्छन। त्यतीबेला पनि तिब्बतका राष्ट्र प्रमुख दलाइ लामाले अमेरिका,बेलायत,भारत,रुस आदी देशसंग संरक्षणको लागी हार गुहार गरेका थिए। सुनुवाइ कतै भएन,चिलले कुखुराको चल्ला च्यापेर आकाशमा उढे जस्तो सबैले हेरी मात्र रहे। कुखुराको चल्ला चिल्लाए जस्तै चिल्लाउनु बाहेक शान्त तिब्बतीहरुको अरु उपाए केही रहेन। छानी छानी माओका सेनाले सताउदै गए, बाउलाइ बाधेर छोरालाइ बन्दुकले मार्न लगाए। साना साना तिब्बती बालकलाइ परिवार नियोजन गरियो। यातनाको सिमा रहेन। कति जिउदै जलाइए, कति म्रत्यु र जिबनको दोसांधमा सास धान्दै बांचे। जिउदै आफ्नो अगाडी म्रत्यु नाचेको देख्नु भन्दा पहाड काटेर दक्षीण झर्नु स्रेयसक्कर ठाने। दक्षीणको यात्रा त्यती सजिलो थिएन, हिम पहाड काट्दा ज्यान नै जोखीमा हुन्थयो तर जिउदै मारिनु भन्दा पहाडमै मर्न रोजे र नेपाल तथा भारतमा शरणार्थी बन्न पुगे। कैयौं दिनको उकालो र ओरालो, हिउ बग्ने खोला र खानेकुराको अभाव, धेरै बुढा बुढिले हिम पहाडमै अन्तिम आराम गर्ने ठाउ बनाए। आफ्नै प्रियजन अनकन्टार पहाडमा संसार छोड्दा मरेका लाशलाइ ढुगांले थिचेर छोडेर जान्थे आफ्न्तहरु। केहि समय यता उता भएको चिनिया सेनाको गोलीको शिकार बन्नुपर्थ्यो।सिमा सुरक्षा निकै कडा थियो। दलाइ लामाले तिब्बत छोड्दा त हेलीकप्टर लगाएरै खोजी गरिएको थियो। उनको हत्या गर्न पोतला दरबारमा नै आगो लगाइको थियो र भोली पल्ट चीनिया सेना जलेका मान्छेलाइ उत्तानो पार्दै दलाइलामा हुन कि होइनन जाच्दै हिडेका थिए। तिब्बत छोडेर नेपाल पस्दा देउरालीमा उनिहरुले कपडा बाधेर जान्थे जस्को अर्थ हुन्छ "Free Tibet"। म्रित्युसंगै जुधेर देश पार गर्दा पनि अन्तिममा देशलाइ मुक्त गर भन्न कहिलै भुलेनन तिब्बतीहरुले।
अहिले चिन विश्वमा ठुलै हैसियत राख्ने मुलुक भएको छ। तर चिन जबरजस्ति हडपेको तिब्बतलाइ आफ्नै हिस्सा ठान्छ भने सारा विश्व चिनकै मौन समर्थन गरिरहेको छ। इसं १९४९ मा तिब्बत छुट्टै देश भनेर अनुमोदन गरेको छिमेकी राष्ट्र नेपाल पनि चिनिया आर्थिक सहयोगको प्रोभोलनमा तिब्बत समस्या चिनको आन्तरीक मामला भनेर पन्छिने गरेको छ। तर फेरी तिब्बतीहरु तिब्बत गुमेको ४९ बार्षिकीमा जुरमुराएका छन तिब्बत खोज्न। खुला देशको रुपमा चिनीन २९औं ओलम्पिक आयोजना गर्नेलागेको चिनलाइ यस पटक भने तिब्बती आन्दोलनले सारै अप्ठ्यारोमा पारेको छ। जतीसुकै शक्तीसाली देश होस, त्यो भन्दा शक्तीसाली जनता हुन्छन। आफ्नो शक्ति खेर जान नदिइ सहि प्रयोग गर्दै गएमा एक दिन तिब्बत पक्कै पनि चिनबाट मुक्त हुनेछ।





3 Comments:

Anonymous said...

nepal ko k kuro bho ra. yi hernus na halata nepal khabar patrika ma.
आरोहण अनुमति नदिने निर्णय
चिनियाँ सरकारको दबाबमा नेपाल सरकारले बैशाख १९ देखि २९ सम्म सगरमाथा आरोहण अनुमति नदिने निर्णय गरेको छ ।


२ चैत्र २०६४ | १५:२९ मा पोष्ट गरिएको
चिनियाँ सरकारको दबाबमा नेपाल सरकारले बैशाख १९ देखि २९ सम्म दक्षिणतर्फबाट सगरमाथा आरोहण अनुमति नदिने निर्णय गरेको छ । सरकारले यो निर्णय गरेको पुष्टि गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङले चैत १ गते भने, 'बैशाख १९ देखि २९ गतेसम्म सगरमाथा आरोहण अनुमति दिइने छैन ।'

त्यसबेलाका लागि उत्तरतर्फबाट सगरमाथा आरोहण अनुमति रोकिसकेको चिन सरकारका कुटनीतिक अधिकारीहरुले नेपाललाई पनि आरोहण अनुमति नदिन यो हप्ता निकै दबाब दिएका थिए ।

ओलम्पिक र्टच सगरमाथा पुर्‍याउने चिनियाँ सरकारको योजनामा स्वतन्त्र तिब्बतपक्षधर तिब्बती शरणार्थीले अवरोध पुर्‍याउने आशंकामा चिन सरकारले आफ्नोतर्फबाट आरोहण अनुमति नदिएको हो भने नेपाललाई पनि आरोहण अनुमति नदिन दबाब दिएको हो ।

स्वतन्त्र तिब्बत अभियान संचालन गरिरहेका तिब्बती शरणार्थीहरुलाई चैत १ गते तिब्बतमा चिनियाँ प्रहरीले तथा राजधानीको बौद्धमा नेपाल प्रहरीले दमन गरेको बिरोधमा चैत २ गते संयुक्त राष्ट्र संघको कार्यलय पुल्चोकमा तिब्बती शरणार्थीहरुले बिरोध प्रदर्शन गरे । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सूचना: यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।

Anonymous said...

चाइनिजले तिब्बतीलाइ त कति मारे मारे। ल हेर्नुहोस मार्दै गरेको भिडियो।

http://www.protv.ro/stiri/international/exclusive-footage-of-chinese-soldiers-shooting-at-tibetan-pilgrims.html

Nepal! said...

धर्म र राजनीति मिसिएको तिब्बत बुझी नसक्नु छ। वास्तविकता पनि त्यती नै जटिल छ। अधिकांश अशिक्षित र चेतना शुन्य तिबतीहरुलाई हतियार बनाएर स्वार्थ पुर गर्न खोज्ने पक्ष एकातिर छ भने अर्कोतिर आवाज उठाउनेलाई कुल्चेर नष्ट गर्न तम्सने चिनिया शासन । मध्य मार्गमा बसेर अवसरको भरपुर प्रयोग गर्ने बाठा तिबतीहरुको जमात चाँही हामी नेपालीहरु भन्दा धेरै माथि उठिसकेका छन ।
दुनियाँ को भूमिगत तारो बनेको चिन लाई तिब्बत् बेला बेला मा बल्झन सक्छ । नत्र अर्को तिर सिक्किम , मणिपुर आदीलाई हडपेर बसेको भारत बिरुद्ध कोही बोल्ने हिम्मत गर्दैनन, जहाँ करीब ३० बर्ष पहिले भारतले त्यस्तै स्वतन्त्रताको आन्दोलन दबाउन फाइटर जेटहरुबाट बमबारी सम्म गर्नु परेको थियो।

चाइनाको द्रुत गतिमा अगाडि बढेको अर्थतन्त्रको हिस्सा बनेर आफु पनि त्यसको उपयोगतिर लाग्ने वा स्वतन्त्र भएर धर्मले गाजेको शासन अगाल्ने यि दुई बाटाहरु होलान अबको तिब्बत् को अगाडि, किनकी तिब्बत् स्वतन्त्र नै भाईहाले पनि त्यहा प्रजातन्त्र आइहाल्ने छैन र मानसिक स्वतन्त्रता पनि आइहाल्ने वाला छैन। अर्को कुरा नेपाललाई आफ्नो स्वार्थ हेर्ने हो भने स्वतन्त्र तिब्बत् भन्दा चाइनाको छिमेकी भएर बस्नुमा नै हित बढी होला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !