March 18, 2008

गजल - मन

थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ


2 Comments:

nepalean said...

वाकाजीको मन पढ्ने म नै पहिले भएछु आज। मनको ब्याख्यान सारै राम्रो गर्नु भएको छ।
यस्तै हो मन यसको सिमाना नै छैन। मिलनको आन्नद पनि यसले नै लिन गर्छ, बिछोडको सजाय पनि यसले नै भोग्ने गर्छ।

Anonymous said...

Dheraii ramroo cha man ko gajal.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !