March 6, 2008

बन्धन र याद

यूगल गीतहरु

- हस्त गौतम ँमदुल”
बन्धन

मृदूल-जब पानी पर्छ याद आउँछ मुन मुन।
बूझाउनै सक्दीन म तिमी बिना यो मन।
अन्जू-दर्शन नै नपाउदा आत्तिय मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।

मृदूल- सेती भएर यी आशुँ छाती चिरेर बगे।
स्वीकार्ने छू तिमीलाइ अपनाएर लगे।
अन्जू- सद्धिक्षा त्यो पूरागर्न प्रतिक्षा गरेकी छू।
तिमीसंगै जान्छु भनी अगाडी सरेकी छू।

अन्जू- आँचल तिम्रो नपाइ दुखी छु मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।

मृदूल- जब फुल देख्छु याद आउछ मुन मुन।

तिमीलाइ स्वीर्कान आक्तर छ यो मन।

मृदूल- अँध्यारो गुफा सरी छ मेरो आज जीवन।
तृणानालॆॆ मुटु जल्दा वैली सक्यो यौवन।
अन्जू- तिमी नै हौ मेरो इक्षा तिमी नै हौ चाहाना।
पर्खिएर बसेकी छु होइन यो बहाना।

अन्जू-दर्शन नै नपाउदा आत्तिय म मुन मुन।
हजूलाइ नै हरपल खोजीरहन्छ यो मन।

मृदूल- जव जुन देख्छु याद आउँछ मुन मुन।
मुना-म्ादन बन्नलाइ आतुर छ यो मन।


याद

मृदूल- धेरै याद आयो तिम्रो तस्वीरमा हेरी।
कैले भेट होला हाम्रो भविस्यमा फेरी॥
अन्जू- देख्न नपाइ तिमीलाइ मन औधीे रुन्छ।
रही खपी रहे पछि एकदिन मन्को हून्छ॥

अन्जू- कति राम्रो दिन होला हामी सगै हँुदा
चस्क्कै दूुख्छ मुटु ति स्मृतिले छुंदा।

मृदूल- सारै मन रुदो रैछ टाढा हुदा खेरी।
बहूत खूशी लाग्यो मलाइ तस्वीरमा हेरी।
अन्जू-जिउन नपाइ तिमी संग मन मेरो रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥


अन्जू-जहाँ रहे पनि संधै खुशीमा नै बाँचे।
पबित्र यो हाम्रो माया हृदयमा साँचे।

मृदूल- सम्मुनाको यो मनमा चल्छ आँधिबेरी।
कैले भेट होला हाम्रो जिन्दगीमा फेरी॥
अन्जू- सम्बन्ध यो नजोडेर मन संधै रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥



3 Comments:

Anonymous said...

निकै राम्रो प्रंशसिय गर्न लायक। दौतरीमा आएको मध्य एक उत्क्रिषट लेख, पड्दै जान पाइयोस प्रभओ।

nepalean said...

म्रिदुलोजि निकै राम्रो लेख्नुभयो। तर एउटा कुरा, यो छन्दमा हो कि कुनै किसमको साहित्य हो, यसो प्रष्ट पारिदिनुहोला है।

Anonymous said...

मलाई यो गितहरु निकै मनपर्यो। यो थालनि निकै राम्रो पनि लाग्यो

क्या गजबले लेखेको मृदु मुन मुन
अन्जु पनि उत्तिकै सुहाउने छुन मुन
:)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !