February 8, 2008

बेठेगान बन्दै गएका ठेगाना

"लक्ष्मी जस्ती बुहारी घर भित्रीईन, घर स्वर्ग भयो, घरमा बस्ने सबै स्वर्गवासी भए !"

यो यौटा एकलाईनको चुटकिला, र केवल शब्दको खेल मात्रै हो । घर स्वर्ग भएपछि त्यसमा बस्नेलाई "स्वर्गवासी" त भन्नै पर्छ, तर कुरा के भने न त कसैको घरमा लक्ष्मी भित्रीन्छन, न त कुनै बुहारी भित्रेर कसैको घर स्वर्ग बन्छ ।

भर्खरै कतै पढेको थिएँ, काठमाण्डौको रत्न पार्कको नाम परिवर्तन गरेर 'शहिद पार्क' राखियो रे । अब यसरी हेर्दा त्यस पार्कमा बस्ने जत्ती सबै थोककै भाऊमा शहीद हुने भए।

त्यसो त सेक्सपीयरले धेरै अगाडी नाममा केहि छैन र जे नाम दिए पनि गुलाफले त्यहि बास्ना दिन्छ भनेकै हुन, तर हाम्रा नेताहरुलाई भने बास्ना त्यहि आओस, स्वरुप र तौर तरीका त्यहि रहोस कुनै मतलव छैन, मतलव छ त 'नाम' मा, नाम फेर्नै पर्छ ।

राजा र राजपरिवार संग जोडिएका सबै कुराको नाम फेर्नै पर्ने 'दृढ अठोट' लिऐर सरकार यसरी चल्दै छ, मानौ, यो भन्दा ठुलो र गौरवशाली कार्य अरु हुनै सक्दैन ।

यसै क्रममा, जन-आन्दोलन २ ताका चाबहिल-कपन बाटोमा यौटा ठाउँको नाम स्थानियवासीले परिवर्तन गरेर 'लोकतन्त्र चोक' राखेछन। त्यो कुरा एकदिन एकजना भाईले फोनमा मलाई बताएको थीयो, तर यसपाला दशैमा त्यहा जाँदा त्यो ठाउँको नाम पून: परिवर्तन भएर "गणतन्त्र चोक"भैसकेको थियो । मतलब हामी केवल नामकै मात्रै पछाडी छौं र सरकार पनि त्यसैलाई आफ्नो "पौरख" ठान्दै छ ।

रातारात, स्कूल, कलेज, बाटो, पुल, पोखरी, भवन ईत्यादिका नाम परिवर्तन हुदैछन्, । फेरी वैचारीक दरिद्रताको परम नमूना रहेका हाम्रा उच्च ओहदावालाहरुको दिमागमा 'शहीद' वा 'लोकतन्त्र' बाहेक बाहेक अरु कुनै नाम आउदैन्। बाटोको नाम फर्नु पर्‍यो "लोकतन्त्र मार्ग", पार्कको नाम परिवर्तन गर्नु पर्‍यो "शहीद पार्क" ।

अब राजा र राजपरिवारको नाम पनि राख्‍नु भएन, 'शहीद' वा 'लोकतन्त्र' बाहेक अर्को नाम पनि छैन के गर्ने ? । हुदां हुदां अब राज मार्ग भन्न पनि त्यसमा 'राजा' को नाम आउने भएकोले राजमार्गलाई पनि राजमार्ग नभनी 'शहीद मार्ग' भन्ने हो की (त्यसै पनि हरेक दिन यि बाटोहरुमा दूर्घटनाहरु भईरहेका छन र यात्रीहरु शहीद भई रहेका छन) अनि राजधानिलाई पनि शहीद धानी भन्ने हो की? । रानी पोखरिलाई लोकतन्त्र पोखरी, महेन्द्र नगरलाई गणतन्त्र नगर, रानि वनलाई शहीद वन । म सोच्दै छु, उसै पनि हुलाक पत्र कहिल्यै भनेको ठेगानामा नपुग्ने हाम्रो देशमा यस्तो भरमार नाम परिवर्तन भए पछि झन के हाल होला?

केहि समय पहिले एकजना साथिको पत्र आएको थियो उस्को वरिपरिका गल्ली, चोक, बाटो सबैको नाम परिवर्तन भैसकेको रहेछ , हुदां हुदां कुनै यौटा शाहवंसीय राजा र उस्को नाम पनि मिलेकोले उस्ले पनि जोशमा आफनो नाम पनि फेरेछ। ऊ आजकल आफ्नो पुरानो नाम बाट हैन 'स्वतन्त्र नेपाल' को नामले चिनिन्छ ( भ्रम नपरोस 'नेपाल' चाहि उस्को पुरानै थर हो) ।

आज बिहान उसलाई यौटा पत्रको जबाफ लेखेको थिएँ तर उसको ठेगाना लेखे पछि यो पत्र के गतिले ठेगानामा पुग्ला र जस्तो लाग्दैछ।

तपाई नै हेर्नुस न तलको ठेगाना, कुनै बकम्फुसे दलको चुनावी घोषणा-पत्रको शुरुवात जस्तो; कुन नाम हो, कुन ठेगाना समेत छुट्याउन मुस्कील पर्छ :


लाई:
स्वतन्त्र नेपाल
शहीद चोक, गणतन्त्र गल्ली,
संबिधान सभा मार्ग,
राजतन्त्रात्मक गणतन्त्र नेपाल




5 Comments:

nepalean said...

sahi kura u thaunu bhayo.
maile jaile ni tehi bhanchu, rang naya lagayera hudaina tes bhitra gudo k chha tesko matlab huncha.

Anonymous said...

:D:D

Anonymous said...

स्वतन्त्र नेपाल
शहीद चोक, गणतन्त्र गल्ली,
संबिधान सभा मार्ग,
राजतन्त्रात्मक गणतन्त्र नेपाल

sachchikai hasaune rahechha!!

पीजी said...

हाम्रो देशका जनता देखी नेता सम्मले यसैमा आफ्नो पुरुषार्थ ठान्छन, अब गरुन पनि त के जे जान्यो जे बुझ्यो तेही गर्‍यो ! Boundary of perception त्यस भन्दा टाढा पुर्याउन सक्दैन दिमाग का तन्तु ले ।

प्रज्वल said...

Very True...............

It seems people seem to feed on every vague amd ambigious words coined by the leaders. I think it's worth trying to compile the list of these new words since the cease fire :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !