February 6, 2008

अनलाईन राहदानि डट कम

संसार भरि नै ईण्टरनेटको माध्यमबाट सरकारी काम-काज र बिभिन्न कागज-पत्र तयार हुने कार्य चलिरहंदा नेपालमा पनि सरकारका काम-कारबाहि नेटकै माध्यमबाट नहोला भन्न सकिन्न । यसै सन्दर्भमा नेपाल सरकारले पासपोर्ट रिन्यू गर्ने कार्य अनलाईन शुरु गर्‍यो भने कस्तो होला ?

ल हेर्नुहोस, यो मेरो पूर्वाग्रह होईन 'पूर्वानूमान' मात्रै हो:

सबैभन्दा पहिला त तपाई ईण्टरनेट जोडेर नेपाल सरकारको 'राहदानी नविकरण' लेखीएको पृष्टमा प्रवेश गर्नु हुनेछ । मोनिटरमा " नेपाली सरकारको राहदानी नविकरण पृष्टमा स्वागत् छ" लेखिएको खुल्ने क्रममा हुनेछ ।

तर ५ मिनेटसम्म त्यो सन्देश मात्रै देखिई कुनै प्रतिकृया नभएपछि, अन्तमा तपाई हैरान भएर आफ्नो Browser "Refresh"गर्नु हुनेछ, अनि शायद यस्तो शन्देश तपाईको मोनिटरमा देखिने छ :



केहि नलागी तपाई "हस त !" लेखीएको ट्याबमा थिच्नु हुनेछ ।
अब, आईतबार बिहान १० बजे नै तपाई त्यहि पोर्टलमा छिर्नु हुनेछ । त्यस दिन सायद यस्तो मेसेज आउन सक्छ :


तपाई कुनै उपाए नलागी नेपालमा फोन गरेर नेपाल बन्द नभएको दिन पत्ता लगाएर पून: त्यहि पृष्टमा जानुहुनेछ र आफूलाई चाहिने फाईल खोज्न थाल्नु हुनेछ ।

नेपालको सरकारी कार्यालयको नेपाली कागजले पोका पारेका फाईल भन्दा पनि ईण्टरनेटको यो फाईल खोज्न तपाईलाई गार्‍हो हुन्छ । "राहदानी नविकरण फारम" लेखीएको ट्‍याब देखीए पनि कि त त्यो खुल्दै खुल्दैन कि त यस्तो मेसेज आउने छ:
अन्तमा केहि नलागी तपाई "सहायता"लेखीऐको ट्याबमा थीच्नु हुनेछ। त्यस पछि यस्तो पेज खुल्ने छ:

अन्तमा जसरी भए पनि आफ्नो काम गर्नु पर्ने भएको र विदेशमा वा कार्यालय बाट टाडा रहेकाले तपाईले दोस्रो अर्थात "ईमेल बाट फाईल प्राप्त गर्ने फारम" खोलेर तिन पुस्ते नाम-थर र अन्य जानकारी हाली फारम "Submit" गर्नु हुनेछ ।

तपाईको आश्‍चर्यको सिमा त्यतिबेला टुटछ जब तपाईको ईमेल ईनबक्समा तुरुन्तै यौटा यस्तो सन्देश आँउछ " तपाईले खोज्नु भएको राहदानि नविकरणको फारम यहाँ छ, कृपया यो अनलाईन भरेर प्रेषण गर्नु होला"

तपाई आफ्नो सरकारले I.T क्षेत्रमा मारेको फडको देखेर खुशी हुदै‌ तुरुन्तै त्यो लिन्कमा जानु हुनेछ । नभन्दै त्यहा यौटा "अनलाईन राहदानी नविकरण फारम" लेखीएको Interactive page खुल्नेछ। तपाई बल्ल ठाँउमा पुगेको अनुभव गर्दै धमाधम नाम, ठेगाना, पुरानो राहदानी नं आदि सबै भरी "Submit" लेखेको ठाँउमा थिच्नु हुनेछ । तर जत्ती गरे पनि त्यो फारम प्रेषण हुदैन र अन्तमा यौटा यस्तो Error Message आउने छ:


अन्तमा तपाई Virtual अनलाईन फारममा Physical हुलाक टिकट टाँस्ने गुत्थी फेला नपरेपछि पूर्बबत: 'अफलाईन' नविकरण Processको लागी यात्राको तयारी गर्नतर्फ लाग्नु हुनेछ ।



2 Comments:

nepalean said...

yo chhai majjale hasne kura rayecha. Ineternet aye pani yesto nahola bhanna sakinna.
US ma chhai hulak pani computerkaran bhayeko rayecha. Thegana chane garne, mail hold garne sabai kura gharaima basi basi garna sambhav rayecha.

पीजी said...

त्यो "टेबल मुनी बाट दिनुस्" अनी "पियनलाई भेट्नुस्" जस्ता शुद्ध नेपाली सरकारी कमान्ड नभएर हो कि online passport service एकदम ढिलो वा functional नभाको! ??

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !