February 25, 2008

फागुनमा तिहार

खै परदेश आउने भनेर यहाँ सम्म आईयो -- खर्च बर्च नी निक्कै लाग्यो। अहिले सम्म उतै बस्या भए आफ्नै देश परदेश हुने रे छ। अन्त जानै नपर्ने।

अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।


ह्याप्पी तिहार।

माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।

तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।


6 Comments:

kunai din ........ said...

dil ma chune gari satya kuro rakhanu bhaeko ma dhanyabad .keepup good luck.

ठरकि दादा said...

कार्तीक महिनामा बिबाह गरेर जन्मेका नेताहरुले फागुन महिना मै त तिहार मनाउँछन नी !

पीजी said...

हतारमा गर्ने अनी फुर्सद मा पछुताउने , हाम्रा नेता हरुको "working formula" । कार्यकर्तालाई हतार हतारमा जागिर चाहिएको छ, नेतालाई कुर्सी । जबसम्म द्रब्य मोह हट्दैन तबसम्म जसरी भये पनि कुर्सीमा पुग्ने नेताको मनोकांक्ष्या र जसरी भए पनि कुर्सी मा पुर्याउने कार्यकर्ताको सपना पनि हट्दैन। प्रमुख एजेन्डा कुर्सी अनी द्रब्य भए पछी टिको लाउन बैशाखमा दशै अनि फागुनमा तिहार भएर के भो त ।

दुतावासमा नगएर बस्यो भने अर्को पार्टीका पहिले पुग्लान र भेटी कुम्ल्याउलान अनि आफ्नो भेटी मात्र होइन अर्को पटक देखी पार्टी पनि गायब होला भन्ने डर आफ्नै ठाउँमा !

तर ति माला लाउन जाने मध्ये कसै कसै को मनमा चाँही यो बेमौसमी तिहार को माला देखी आत्मा ग्लानी पक्कै पनि भाछ होला ।

Anonymous said...

yesto po ho falgun ma tihar. haaa. kukur dherai bhayera mala napugla hai.

Anonymous said...

परदेश भनेर अमेरीका त होइन? अमेरिका हो भने त अब फर्के भो। डलर घटेर नेपली रुपिया सित बरावर हुन लागि सक्यो।
नेपाल गयो अनि १२ महिना तिहार मनायो।

Anonymous said...

India ko bhai huna lageko Nepal ma Falgun ma Tihar manauda ke Bhayo ra? Akhir sabai jaso Netaharule rajniti sikakai India ma ho Padhe pani Indiama nai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !