January 13, 2008

चाउ चाउ - Chow Chow

भोक लागेर केही खान निस्केको एक ठाउंमा चाउ चाउ बिक्रीमा पो लेखेको रहेछ। के चाउ चाउ रहेछ भनेर पढेको त के को खाना हुनु नि? अर्कै कुरा पो परेछ। देखीहाल्नु भो नि के परेछ भनेर।
हामी त खाने कुरालाइ चाउ चाउ भन्छौं ह्या त कुकुरको जात पो रहेछ। कसैले के खाइस खाजा भनेर सोध्यो भने चाउ चाउ....होइन होइन वाइ वाइ भन्नु पर्ला। मलाइ पनि अचम्म लागेर सोध खोज गरेको त चाउ चाउ (Chow Chow) को उत्पती चिनमा भएको रहेछ। यसलाइ चिनियामा sōngshī quǎn -鬆獅犬 भनिने रहेछ जस्को अर्थ भुत्ले शिंह हुदो रहेछ। चिनमा यो कुकुरको मोडल बुद्द मन्दिर वरिपरी रक्षकको रुपमा राख्ने गरिदोरहेछ। १८ औ शताब्दी ताका यसको मासु बेलायतमा बिक्री हुंदो रहेछ। यसरी मासु आउदा मासुको पोकामा "Chow Chow" लेखिएको रहेछ। यसको अर्थ चिनयामा खित्री मित्री भन्ने रहेछ तर भन्सारका कर्मचारीले नाम नै चाउ चाउ भन्ने बुझेछन । यसरी पश्चिमी देशमा यो कुकुरको नाम चाउ चाउ रहन गयो।हामीले नेपालमा खाने गरेको चाउ चाउको नाम चाही कसरी रहन गयो? यो नेपाली खाना त पक्कै होइन। कतै बाहिबाट "Chow Chow"खित्री मित्री भनेर आउदा हामीले चाउ चाउ भन्न थालेका त होइनौं।





2 Comments:

ठरकि दादा said...

ओहो ! जहा पायो त्यहि गएर मानिसहरुलाई "चाउ चाउ" खाँए वा खान्छु भन्दा पनि के के अर्थ लाग्दो रहेछ।

कि त "नुडल्स" खाने भन्नु पर्ला कसो ?

Anonymous said...

अब हाम्ले चाउचाउ खान नै नहुने भो त? छ्या कस्तो कुरा लेख्नुभाको।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !