January 28, 2008

धमिलोमा एकता

प्रजातन्त्र आएपछि जनताले सुख पाउलान भनेको झन दु:ख पाए। समय यस्तो बनाए कि यो भन्दा त राणा शासन ठिक थियो कि जस्तो लाग्न थाल्यो। राणा शासन भएको भए त यसरी लेख्न पनि सकिन्नथ्यो होला तर प्रजातन्त्रको दुरुपयोग भएर जनता आजीत छन। प्रजातन्त्र धमिलाउने काम यिनै पार्टीहरुले गरेका हुन। सत्ता राजाले हडपे पछि फेरी जुरमुराए र लोकतन्त्र ल्याए। आफ्नो कुर्चीको निम्ती लडे या जनताको निम्ती लडे तर देश चलाउने जनताले नै हो।
तर केही मुर्ख बिद्वान र घामड नेताहरुले लोकतन्त्र धमिलाउन काम गरेका छन। जनजाती, गणराज्य यस्तै यस्तै पित्तलको चमक लगाएर सुन भनेर बेच्न खोज्दैछन। एक दुइ जनाले किन्लान बोकाको टाउकोमा बाख्राको मासु तर सबै खुर्पाको बिंड भने कदापी हुदैनन। नेता मात्रै किन अहिले कुनै नया कुरा घूसाएर ठुलो बनिहालीन्छ कि भन्ने भ्रम धेरैलाइ परिरहेको छ कती यस्तै यस्तै buzz word प्रयोग आफुलाइ genius साबीत गर्न खोज्दैछन। यस्ता अहमकारी यता उता, इन्टरनेटको जालोमा जता ततै पाइन्छन। तर यो समय यिनीहरुकै हो। जनजाती तथा केही क्षेत्र पछाडी परेको हंदा यिनिहरुलाइ यो समय कमाइ खाने भाडो भएको छ। सडक बाल बालीकालाइ देखाएर डलर पचाए झै यि जन जातीलाइ देखाएर स्वार्थ पुर्ती गर्दैछन। यस्तै यस्तै फटाहारुले जालो बुनिरहेकोमा फेरी पार्टीहरु संबिधान सभा गराएर छाड्ने भनेर बिभिन्न ब्यबधानको बाबजुत लागी परेका छन। तराइ एम्बुस सरह हूंदा तराइमै भेला गराएका छन। बेला बेलामा नेताहरुको अकरमण्यताले नेपाली जनताले दू:ख पाइरहेका छन तर देशै धमिलिएको बेलामा यसरी एकता देखाउनु पक्कै पनि सरहानिय कुरा हो। आशा गरौ यिनीहरुको एकताले देशलाइ गतिले दिशामा डोराउनेछ।


5 Comments:

ठरकि दादा said...

तपाईले लेख्नु भएको छ :"....तर देशै धमिलिएको बेलामा यसरी एकता देखाउनु पक्कै पनि सरहानिय कुरा हो। आशा गरौ यिनीहरुको एकताले देशलाइ गतिले दिशामा डोराउनेछ।"

तर मलाई लाग्छ यो एकता 'सहमतिको एकता' होइन 'मजबूरिको एकता' हो "भागबण्डाको एकता" हो। एकातिर अहिले एकता टूटे जनताले मार्लान भन्ने डर छ भने अर्कोतिर यहि मजबुरिको एकतामा पनि सबै ठाँउमा "भाग" आईरहेको छ ।

त्यसो त तपाईको शिर्षक'धमीलोमा एकता" ले नै धेरै कुरा बताउँछ, तेपनि मलाई लागेको चाहि यो जनतको लागी भएको एकता कदापि होईन।

चुनाव खर्चको लागी १०-१० लाख पाउने र मन्त्री देखी राजदूत, जि एम सबै बराबर भाग आउने भएपछी जबसम्म यो बागबण्डा चल्छ यो एकता कायम हुन्छ । तर यी भ्रष्टहरूबाट देसले के गति लेला र खै?

Anonymous said...

I think it is a good time to see silver lining of dark clouds. I have one dobt, will the dark cloud allow to expand the lining or block it.

Nepal! said...

दुनियाँ अगाडितिर हिडिरहेको बेलामा आफु उल्टो पट्टी खुट्टा चालेर दुनियाँलाई उछिन्छु भन्ने मुर्ख विद्वान हरुको कुरा गरेर साध्य छैन । यिनिहरु लोकतन्त्र बिरुद्ध जुन माध्यम बाट प्रहार गर्न सकिन्छ त्यही हिसाब ले चलेका छन। हेर्दै जानुस् जो राजतन्त्र बिरोधि र जातिय क्षेत्रिय राजनीति गर्छन् उनिहरु नै भित्रबाट पूर्ण रुपमा राजतन्त्र का हिमायती बनेर निस्कन्छन । सुनिन्छ अहिले त राजाले मात्र नभएर क्रिस्चियन मिशनरी हरुले पैसा पेलेर यस्ता नरा बोक्ने हरुलाई पालिरखेका छन रे। यहाँ सम्म कि मिशनरी हरुले पत्रीका मात्र नभएर ब्लग हरु पनि प्रयोग गर्न थालेका छन रे। दुई छाक भात को लागि अर्काको दाश बन्न खोज्ने लाई के गर्न सकिन्छ र ! बोल्न दिनुस् यिन्लाई उल्टो पट्टी हिंडेर दौड जित्छु भनेर आफुलाई ढाट्न सक्लान, आफ्नो घर का सोझ प्राणी लाई ढाट्न सक्लान दुनियाँ लाई ढाट्न सक्दैनन ।

एकता को कुरो गर्नु भो, अब धमिलो मा एकता भनेपछी त त्यो एकता पनि धमिलो रहुन्जेल होला, धमिलो फाट्न लागे पछी फेरी हराउने होला। प्रजातन्त्र हो कि लोकतन्त्र भनेको हो जे भनेको भये पनि एस्तो ब्यवस्था मा प्रत्येक् नागरिकको आफ्नो कर्तब्य हुन्छ, अब तपाईं आँफै भन्नोस त के नेपाली जनता आफ्नो कर्त्ब्य प्रती सचेत छन ? अहिले को स्थिती हेर्दा नेता देखी भुइ फुट्टा सबैले यो पानी झन धमिल्याउने पट्टी लगिरहेका छन। न कर्तब्य प्रती सचेत, न जिम्मेबारी बोध ! आफ्नो पत्लुन सम्हाल्न नसक्ने नेता, उपनेता अर्थात तपाईंले भने जस्ता खसीको टाउको बोकेर कुकुरको मासु बेच्ने विद्वानहरुले आफु बाहेक अर्को जोलाई पनि आक्रमण गर्ने , दोष दिने र खुट्टा काट्न खोज्ने, अब एस्तो भये पछी एकता , बिकास, निकास कसरी हुने हो देशमा ....!
हामी आ आफ्नो कर्म मा अघी बढौ , घर भित्र त सबै जना लाई सम्हल्न सकिन्न भने अब मती बिग्रेर बाटो म निस्केर नाङो नाच्दै हिंड्ने लाई के भन्ने !
समय भन्ने कुरो सबै भन्दा ठुलो हुदोरैछ, समय ले सबैलाई प्रतिफल दिन्छ , lets see.....!

Anonymous said...

बिखण्डन को खतरा रहेको देश मा एकता बाध्यता, बिबशता, भागवण्डा कै भए नि सह्रानीय मान्ने कि न मान्ने?जहिले पनि नेता निकम्मा भन्ने दोष दिदैं आफ्नो नालयकिपन लुकाउने प्रयासमा हुन्छौ हामी । हामीले के गर्‍यौं त। फटाहा हरुलाई देश मा शेष छोडे पछी महा फट्टाह ले राजा गर्दैन त?

Anonymous said...

hamile desh ma nalayiki pana dhekda dhekda wakka bhayeko belama junai harkat nibhauna bhaye pani bhayeko yo party haru ko union ramrai roop ma linu parcha.
deshlai nikash dina ta sajilo nahola tara pani dherai naramro bhandai kam naramro bhayeko beshh hoina ta?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !