January 6, 2008

गुगलले चिन्यो नेपाली भाषा

हिजो आज त नेपालका मन्त्रीले नेपाली पनि बुझ्न छाडी सके, भोली घर जादा काठमान्डु हुदै पोखरा पुग्नु पर्छ, के के भाषा जान्नु पर्ने हो के थाहा? तर यसै लहडमा गुगललाइ सोधू न कत्तीको बुझ्छ भनेर "नेपाल" भनेरे टाइप गरेको ठ्याक्कै चिन र भारत बिचमा पुरायो। त्यस पछि हेरु न त हाम्रो गाम चिन्छ गुगलले भनेर "पोखरा" टाइप गरे, तुरुन्तै काठमान्डुबाट २०० कि.मी पश्चिम लगिहाल्यो मलाइ।
हुन त गुगलमा मैले धेरै नेपाली रुपान्तरण गरेको छु। अहिले Google Email सबै नेपालीमा देख्न पाइन्छ तर Main Search, Beta आदी अझै धेरै रुपान्तरण बांकी छन। तपाइ पनि नेपालीमा गुगलका सबै कुरा राख्न चहानुहुन्छ भने गुगलको "My Service" मा "Google in your language" मा गएर सुरु गर्नुहोस नेपाली रुपान्तरण। यो पनि त देशको सेवा गर्ने सानो अबसर हो। तर याद गर्नुहोला, यो रुपान्तरण गर्ने काम पुरै स्वयमसेवी हो।




2 Comments:

ठरकि दादा said...
This comment has been removed by the author.
ठरकि दादा said...

नेपालका मन्त्रीले त नेपाली भाषा के बुझ्थे त? हिन्दी पो बुझ्छन।

बरु गुगल मत्रै हैन Yahoo, Windows Live जस्ता search engine हरु सबैले चिन्छन।

यि कुनै पनि search engine को sub-category हरु "Web", "Image" वा "Video" मा गएर कुनै पनि फोटो, भिडियो वा सूचना खोज्न सकिन्छ।

यि सर्च ईन्जिनका संस्थापक वा संचालकले कहिल्यै पनि यो मेरो मातृ भाषा हैन भन्दैनन्।

कहिलेकाहि सोच्छु यदि हाम्रा mentally corrupt नेताहरुले सर्च ईन्जिन बनाए र हामीले त्यसमा नेपाली भाषामा कुनै सुचना खोज्यौ भने सायद यस्तो err message आउला:

We don't allow you to use other languages rather than that of the web master:

-Ensure words are inserted only in .....language and.... scripts.

-We hate other languages and scripts so do not try that out here.

- Learn .... language and ....scripts if you want to search any information using our portal.

-Your browser will be closed and your system will be restarted as a punishment.

and three tabs will be visible in your desktop:

"Sorry" "Ok" "Won't do it again"

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !