January 2, 2008

हैन के हुँदैछ हो देशमा!

आज फेरी सन्काहा मन्त्री मातृका यादवले शपथ ग्रहण गर्न मानेनछन, प्रचन्डले के भनेर थाम थुम पारेछन कुन्नी फेरी पछी नेपाली र मैथिली भाषा गरेर दुई भाषामा शपथ खाएछन । यिनलाई मानसिक सन्तुलन घट्बढ भएर Bangkok जानु परेको थियो रे अनी फिर्ता आएपछी केही समय आराम गर्दा पनि खोइ बेला बेलामा तल माथि पर्दोरैछ र राजिनामा दिएर बसेक थिए रे। कसैले त यिनको मनसिक सन्तुलन नै बिग्रेको सम्म भनेका थिए। (अस्ती एउटी माओवादी नेत्री लाई भेटेको थिए, ठुलै नेत्री हुन, उनले कुरा गर्दा उनको कुरा र हाउ भाउ बाट प्रस्ट उनमा त्यो युद्धको बेलाको प्रत्यक्ष्य psychological effect (नेतालाई मानसिक असर भन्न अली डर लग्यो!) देखिन्थ्यो । त्यसैले मानसिक असर् को theory विश्वाश लाग्यो।)

ति मानसिक उतर च् ढाव भएका महापुरुष मन्त्रीले फेरी सपथ नेपालीमा रहेछ खान्न भन्दै फर्केछन। सपथ नेपालीमा हुन्छ भन्ने कुरा दोस्रो पटक सपथ ग्रहण गर्न जान लागेका मुन्तरीले कसरी बिर्सेंका होलान। नेपालीमा खान मन नलागेको भये पहिले नै खबर गरेर भन्नु पर्छ अर्को भाषामा तयार गर नत्र मन्त्री नबनाउ भनेर होइन भने चिची पनि पापा पनि आँफैले कुम्ल्याउने अनी दुनियाँलाई बेकुफ बनाउने??

हुन त मानसिक उतार च् ढाव भएको मान्छेले बिचरा त्यो भिडमा छिरेपछी बल्ल थाहा पाए होलान लौ बित्यास, म त मन्त्री पो भएछु, सपथ ख्वाउन लागिसकेछन, भयन.....भएन , अनी उतारमा भाको होकी च् ढावमा भाको मनले निर्देशन् दिहाल्यो, .......ए......... लौ मात्रिके एक्सन............ ! अनी त शुरु भईहालेछन !

यस्ता खोचे थाप्ने लाई मन्त्री त के सांसद पनि बनाउन नहुने अनी आफ्नो धरातलमा पुगेपछी महसुस हुन्थ्यो होला, "और भि है गम दुनियाँमे मन्त्री के सिवा"!

होइन कि मेरो बुझाई पो गलत भयो कि! अब देखी सबै मन्त्रीलाई जे मन लाग्छ तेही भाषामा सपथ लेउ भन्नु पर्ने पो हो त।

के हो मात्रृ भाषा, कुन हो राष्ट्र भाषा !!! भारतीय दुताबासमा र भारतीय नेतासँग मातृका देखी खपाङी सम्मले हिन्दीमा कुरा गर्छन्, कुरो त यहाँ निर्धोपन को हो । जाबो नामर्द नेपाली भाषा लाई किन मन् पराउनु पर्‍यो, किन चाहियो यो नामर्द भाषा??

कसौटी जिन्दगीकी, Indian Idol , सास बहु, के के हुन सबै सबै सिरियल हिन्दीमा आउछ भने किन चाहियो नेपाली राष्ट्र भाषा ? आमा, बा, दाई, भात, पानी भन्न लाई मात्रृ भाषा नै काफी छ नि!



5 Comments:

ठरकि दादा said...

तपाईको बुझाई गलत भएको होईन, जनतालाई बेबकूफ बनाउने खेल मात्रै हो यो ।

भारतीय दुताबासमा र भारतीय नेतासँग मात्रै हैन कुनै यौटा भरतिय निजि टेलीभिजन च्यानलले एक चोटी ediot box मा अनुहार देखाउने मौका दियो भने हा्म्रा नेताहरुले आफ्नो मातृभाषा मात्रै हैन मात्रृ भूमीलाई पनि बिर्सन्छन ।

यो मान्छे पिच्छे आ-आफ्नै भाषामा सपथ खाने चाहि अति भो । भोलि यौटा लाटो मान्छे मन्त्री भयो भने सपथ खुवाउनेले पनि sign language सिक्नु पर्‍यो।

कि त तपाईले भने जस्तै नेपाली भाषा चाहि "लोक तन्त्रमा " अफाप सिद्द भएको घोषणा गरेर नेपाली भाषामा बन्देज लगाउनु पर्‍यो ।आखीर सोच बिचार राजनैतीक मोडेल देखि लिएर उतैको "आशिर्वाद" थापेर देश चलाउने निधो भैसके पछि नेपाली भाषा मात्रै के काम ? कैसन लगा यादववा! ठीक बोला ना???

सेतो माकुरा said...

तपाईको यो पोस्ट साह्रै रमाइलो रैछ अनि गम्भिर पनि । ह्वाइटहाउस भित्र मेक्सिकनले स्पेनिश भाषामा सपथ् ग्रहण गरेजस्तो !

मलाई पनि पहिले पहिले जतिखेर कृष्ण प्रसाद भट्टराईले तराईमा गएर हिन्दीमा भाषण दिन्थे अनि Zee टिभीमा अन्तर्वार्ता हिन्दीमा दिन्थे, भट्टराईको नाक साक कुच्चाईदिउ जस्तो लाग्थ्यो । त्यस अनुसार त काठमाण्डु भरि नेवारी भाषामा मात्र भाषण हुनु पर्ने नि । हामी सबैको साझा भाषा नेपाली हो भनेर यादवलाई पक्कै थाहा छ र उनले जे गरे त्यसबाट नेपालमा "नेपाली" बाहेक जनजातिहरुको भाषालाई पनि प्राथमिक्ता दिनुपर्छ भन्ने कुरा पनि हामी सबैले बुझ्यौ । तर मैथिली भाषामा कसम खाने, नेपाली भाषालाई हेला गर्ने ? के अब गणतन्त्रमा यस्तै हुन्छ ?

हामी सबैभन्दा पहिले त मानव हौ, त्यसपछि नेपाली जनता अनि त्यसपछि बल्ल जनजाति । यादव याद राख !

Postak_Shrestha said...

कुनै काम यस्तो होस् जस्को कुनै एउटा सकारात्मक पारीणाम होस्। आ-आफ्नो भाषा संस्क्रिती को जगेर्ना गर्नु राम्रो हो तर मन्त्रीपदको सपथ मैथिलीमा खाएर हुने हो र? मूख्य समस्याहरु ज्यूं का त्युँ छ, तर भाषाको बखेडा निकालेर क्रान्तिकारी बन्न सुहाउँदैन।

nepalean said...

के हो मात्रृ भाषा, कुन हो राष्ट्र भाषा !!! भारतीय दुताबासमा र भारतीय नेतासँग मातृका देखी खपाङी सम्मले हिन्दीमा कुरा गर्छन्, कुरो त यहाँ निर्धोपन को हो । जाबो नामर्द नेपाली भाषा लाई किन मन् पराउनु पर्‍यो, किन चाहियो यो नामर्द भाषा??
- कुरो पोइन्टको छ, सबै नर्धा छन जे गरे पनि हुन्छ। नत्र देशको मन्त्रीले भरिया तालमा निउ खोज्ने हो? अब आफ्नै देशका मन्त्रीले सपथ खाएको नबुझे पछि कसलाइ गुनासो गर्ने ?

Anonymous said...

त्यो यादवले नौटंकी चै प्रसस्तै गर्ने रेछन। निहु खोज्नै पर्च त्यो सपथ खाने ठाँउमा गए पछि -- कपाकप भात खाको जस्तो हो र भन्या--अनिपो भताभुंग पार्न सकिन्छ --- किन होला फेरि मन्त्रि पनि उनैलाई बन्नु पर्ने?!

तर मैले 'सास भि कभि बहु थि' चै टन्नै हेर्छु , लोल!:)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !