December 3, 2007

रक्त चन्दन!

रक्त चन्दन बारे केही शब्दहरु मलाई नि खर्चिन मन लाग्यो। पहिलो कुरा त रक्त चन्दन कहाँबाट आउछ भन्ने कुरा। भारतको कर्नाटक र तमिलनाडु राज्य बीचकि जङलमा पाइने ब्रिक्ष हो रक्त चन्दन्। बिरप्पनको आतंक तिनै रक्त चन्दनको आडमा दुइ तिन दशक चले।

कर्णाटक देखि नेपालको सीमा सम्म को दूरी मेरो अन्दाजमा २ हजार माइल भन्दा बढी होला। भारतमा पनि अबैध ठहरिएको चन्दन ट्रक का ट्रक हजारौं माइल कसरी आए?लौ जसरी आए नि आए रे। नेपालको सीमा प्रबेश पछि पनि ४-५ सय किलोमिटर तय गर्नु पर्छ। ३००० किमि त सजिलै पार् गर्नेलाई ५ सय किमि के भो र, त्यो पनि पार गरे रे। जाने त अर्को दुष्ट छिमेकी मुलुक मै हो।

तस्करीलाई सिधै बिना न्यायिक प्रक्रिया म्रित्यु दण्ड दिने मुलुकको हजारौं किमि यात्रा कसरी तय हुन्छ? सोचनिय कुरा छ।नेपाल र भारतका प्रहरी, प्रशासन, र तिनलाई संरक्षण दिने नेता हरु भ्रष्ट छन् रे कुरा प्रष्ट छ पनि।जनताका मसिहा, गरिब र सर्बहाराका आदर्श कम्युनिष्ट मुलुकमा नै ती तस्करिएको चन्दन यति सहजै ग्रहण हुन्छ त? तातोपानी भंसारमा समातिएको ट्रकमा त्यही दुष्ट मुलुकको राजदूतबासको नम्बर प्लेट हुनु संयोग मात्र मान्न कदापि मिल्दैन।

यहाँ चन्दन तस्करीको बजारी हल्ला भागबन्दाको मेल नभए पछि मात्र सार्बजनिक हुने गर्दछ। वाइ सी एल र सुजताको नाम उछाल्दै सबैले आ-अफ्नो दुनो सोझ्याइ रहेका हुन्छन्। यस्को वास्तबिकत मालिक तिनै दुष्ट मुलुकका राजदूताबास तिर हुन्छन् भन्ने हेक्का न भएको अथवा अरुको बदनाम गराउने ठेक्का लिएकाहरुमा ज्ञान न भएको सोचनिय छ।

मात्रिका यादब खै कुर्लेको? अब त तिनलाई गठबन्धन सरकारको धर्म निभाउनु छैन। गिरिजाले हप्काउला भन्ने डर पीर छैन। गिरिजाकी छोरी ले रक्त चन्दन तस्करी गर्छे भनेर गिरिजाको अगाडी गर्जने सक्ने बहादुर कुन दुलोमा लुकेका छन्। हिम्मत भए, प्रमाण भए सार्बजनिक गरे हुन्थ्यो नि टुंडिखेलमा रक्त चन्दन जलाउनुको साटो प्रमाण देखाउनु नि।कहिं तिनै माइबापको आदेशा अनुसार संबिधान सभा भाड्ने उपक्रमको एक पाइला त थिएन, मात्रिकाको रक्त चन्दन्।

स्मरणिय छ, ती जंगलीहरु संग भएको अधिकांश आधुनिहतियार हरु उत्तर तिरको छिमेकीबाटै प्राप्त भएका हुन् जो अनमिनलाई बुझैएको छैन। ती हतियारको सोधभर्ना रकम त होइनन् रक्त चन्दनले भरिएको ट्रक?हो, कुनै पनि अबैध कार्य रोक्नु पर्दछ। यसमा दुइमत न होला । तर रक्त चन्दन भन्दा नि संबेदनशील तस्करी मुलुकमा भैराख्या छ, यसमा ध्यान जाने कहिले। मानव तस्करी।अबैध रुपमा अफ्गानिस्तान अनि इराक जस्तो मुलुकमा दिनहु सयौं नेपाली मानव तस्करीमा म्रुत्युको काखमा धकेलिंदै छन्।सयौं चेलीबेटीहरु मुम्बैको बेश्यालयमा नारकिय जीवनमा तस्करिंदै छन्।खै त, गरिब जनताका मसिहा , शोषित, दलित का देबता, नारीका पुजारीहरुले त्यस्ता सभ्यताका कंलकहरुलाई नियन्त्रणमा लिएको?स्पष्ट छ, तिनको मोलतोलमा कम दाम हुने हुन्छ, चन्दनमा धेरै।बुझ्नेलाई श्रीखण्ड.................................................। अस्तु!


9 Comments:

Anonymous said...

kuro gahiro chha! why there was never a news of Raktachandan long time ago. How long it has been in smuggled to Tibet? I believe what Rahuldai said is correct, it has been brought in news since they couldnt get enough sum of money.

एकलव्य ( Eklavya) said...

हो नि त मैले त यस अघि इण्डियन पत्रिका फ्रण्टलाइन,इण्डिया टुडे र आउटलुक पढेर वीरप्पन र चन्दनको गाँठो कसिएको पढ्ने गर्थेँ । कर्णाटक र तामिलनाडु बीचको डरलाग्दो जंगलमा वीरप्पन र उसको भाइले कसरी बेलाबखतका मुठबेढ र इनकाउण्टरमा भारतीय सुरक्षा दस्ताका दुईसय भन्दा बढी मान्छे मारेर आफ्नो तस्करी धन्दालाई चलाइराखेका छन भन्ने कुरा पढ्ने गर्थेँ । तर नेपालमा जब माओवादीहरू सरकारमा पुगे वा मातृका यादव मन्त्री बने, अचानक रक्तचन्दन तस्करीको कुरा अनि वाइसिएलले ट्रकका ट्रक रक्तचन्दन पक्रेको कुरालाई जनवादी गणतन्त्र नै हासिल भैसकेको हो कि झैँ चर्चामा ल्याइयो । ब्लड प्रेसर हाइ भएर बेला बेलामा बेहोसै हुने बेथा बोकेका मातृकाले नानाथरिका आरोप पनि लगाए यस बारेमा तर माओवादीका बाँकि कुरा जस्तै आरोप लगायो अनि पुष्टि गर्नै नपर्ने रोगको थला पर्‍यो यो आरोप पनि ।
तर माओवादी र रक्तचन्दनको अन्तरंग सम्बन्धको गाँठी कुरा केही हुनै पर्छ भन्ने अनुमान जो कोहीलाई गर्न सजिलो भने यो प्रकरणले बनाइदियो नै ।
रक्तचन्दन ट्रकका ट्रक पक्रिए, कतै कुहिए अनि कहीँ केही काम नपाएर जलाइए ।
तर यस्को रहस्य के हो ? रक्तचन्दन सुँघेर पत्ता लगाउने कस्तो नाक छ पुलिसका कुकुरको भन्दा पनि तगडा वाइसिएल संग ? अनि मुलुकभित्र भ्रष्टाचार र बेथितिका हजारौँ कुराहरु हुँदाहुँदै र वाइसिएल स्वयंमा आफ्नै व्यवहारबाट यति बिघ्न आलोचित हुँदा हुँदै अरू मुख्य कुरमा चासो दिन छोडेर वा व्यवहार सुधार्न छोडेर , संविधानसभा पनि भन्दा ठूलो रक्तचन्दन नै हो कि भनी पछिलाग्नुको रहस्य बुझ्न सकिएन । अनि अहिले फेरि यो कुराको चर्चा अचानक सेलाएको जस्तो छ , कस्तो चन्दन हो यो, टिका लगाउने भन्दा ठिका पुछ्न चाहनेहरूलाई यति बिघ्न मतलब हुने ?

Postak_Shrestha said...

मनगढन्ते गफ ठोक्न राहुलभाई पनि माहीर भाईसक्नु भएछ। दक्षिण भारतको जंगलको रक्तचंदन नेपालको बाटो हुंदै चीन तस्करी हुन्छ भन्ने पत्याउनै गारो छ। नेपालको लम्बाई भन्दा लामो भूभाग हिमाचल्, कश्मीर्, उतरांचल्, सिक्किम, अरुणाचल प्रदेश आदिको सिमा चीन संग जोडीएको छ, किन त्यतैबाटै पास हुंदैन? यदि नेपालको बाटो गएको भये यसमा भारत, नेपाल्, चीन् सबै रास्ट्रका उच्च सरकारी मिलोमतो नभै सम्भव हुंदैन। माओबादीहरुले यो कुरा जनता सामु ल्याएकोले हामी उनीहरु प्रति क्रितज्ञ हुन पर्ने होइन? उनीहरुले हिस्सा नपाएर मात्र यो कुरा बाहिर आयो भन्नु संबिधान सभा भांड्नमात्र यो कुरा बाहिर ल्याएको भन्नू बेतुकको कुरा हो। माओबादीले रक्तचंदन तस्करीको कुरा बाहिर ल्याइदियो, अब यस्को छानबिन गरेर वास्तबिकता बाहिर ल्याउने काम त सरकारको हो नि। किन खुकुरीको सुल्टो-उल्टो दुबै तिर बाट माओबादीलाई मात्र प्रहार? निकम्मा छ सरकार, अझै दोष चांही माओबादी अनि छिमेकी देश तिर? अझ दुष्ट शब्द प्रयोग गरेर?

फेरि माओबादीका अधिकांस हतियार चीन बाट आए रे, सबै माओबादीहरु लुक्ने, संगठन् गर्ने चांहि भारतमा, हतियार चांहि चीन बाट रे, सपनामा देख्नु भाको कि केही तथ्य सन्दर्भ सामाग्री पनि छ?

rahulvai said...

हावा गफ कस्तो हुन्छ भन्ने कुरा मित्रले जसको तारिफ गरिरहनु भएको छ, त्यसलाई सोध्नु पर्ने हो, राहुल भाइ लाई होइन। दरबारको षडयन्त्रको सी डी प्रकरण, अमेरिकी दूताबासका कर्मचारीको हत्या को प्रमाणको हौवा मैले दिएको होइन, बिरेन्द्र साहका हत्याराहरुले दिएका थिए। अझै पनि दिदैं छन्।
गोलमेच सम्मेलनको नाममा हालै मात्र दरबारका पूर्ब कर्मचारीहरु, सैनिकहरु अनि दरबार नजिकका ब्यक्तीहरुको जमघट गरेर दरबार पोषित क्रान्तिकारीको नकाबधारी कम्युनिष्ट हौं भनेर गरेको क्रिया कलाप पनि राहुलभाइ को हावा गफ हो कि? अनि दरबार नजिक राष्ट्रबादी शक्ती संग सहकार्य गर्ने हिजो मात्र घोषणा गर्नु हुने महान कामरेड प्रचन्डको अभिब्यक्ति पनि राहुलभाइ को गफ हो कि?
मित्र, मैले चिनेका माओबादी तिनै हुन्। जनयुग्द सुरु भए यता देखि नै मेरो ब्यक्तिगत राजनैतिक बिष्लेशन त्यही थियो। हिजो धेरैले पत्याएका थिएनन्, बिस्तार बिस्तार मैले प्रामण जुटाउनै नपर्ने गरी स्वयं कामरेड प्रचण्ड र तिनका लठैट् हरुले दिनानु दिन दिइरहेका छन्। द्रिष्टी दोष त्यो पनि राजनैतिक चस्मा लगाउनेहरुको लागि कुनै ओखति छैन्।
रक्त चन्दन पनि आज न भए भोलि छर्लङिने छ। राहुलभाई गफाडी थिए थिएनन्, भोलि थाहा हुने छ, हतार मा प्रचण्डले झै वक्तब्य जारी गरि नहाल्नुस्। धेरै कुराको प्रामाण अझै दिनु भएको छैन उहाँले।
त्यस्तै होला।

Anonymous said...

:)
कुरो त्यस्तो होस जस्मा केहि सार्थकता होस नभए कम्तिमा पनि शंभावना होस । कुरो चित्त नबुझे बहस गर्न त पाइन्छ नै। जेहोस चाखलाग्दो चै छ राहुलजीको कुरो।

Anonymous said...

lekh bhanda comment padna ramailo hola jasto chha. afulai ta testari ramrari comment garna audaina, padna bhane sarai majja ayo. namaste gare prabhuharu.

Postak_Shrestha said...

कुरो छ रक्तचन्दन तस्करीको, अनि माओबादीलाई हतियार चीनले आपूर्ती गरेको भन्ने तपाईंको अनुमानको, त्यसैमा केन्द्रित रहेर जवाफ आउनु पर्ने हो कि? तपाईंले नै लेख्नु भएको छ कि मातृकाले गिरिजाकै अगाडी रक्तचन्दन तस्करीको संरक्षक सुजाता हो भनेर गर्जिए भनेर। अब यो भन्दा बढी भन्डाफोर उनीहरुले के गरोस्।
तस्करहरु जहाँ पनि हुन सक्छन, चीनमा पनि होला, तर हतियार दिएको गुण माओबादीले चीनलाई रक्तचन्दन दिएर फर्काउदै छ भन्ने कुरो कहाँ सम्म तर्कसंगत हुन सक्छ? त्यसो भए त माओबादीले रक्तचन्दनको कुरो झन् दबाउथे होला नि,किन उचाल्थे?अपराधीक समुहबाट हतियारको तस्करी हुन सक्ने सम्भावना रहन्छ तर सिङ्गो देश चीनलाई "दुष्ट" को बिशेषण दिन नसुहाउला कि?साथीलाई उत्तर् तिर फर्किने बित्तिक्कै हाच्छिउं आउंछ जस्तो छ नि? :-)

प्रचण्डको पछिल्लो 'रास्ट्रबाद' को कुरो जुन आयो, किन आयो थाहा छैन, तर नेपाल साप्ताहीकको हालै को अंक पढ्दा लाग्छ, नेपाललाई भारतीय जासूसी संस्था "र" ले नरामरी जेली सकेको छ र नेपालको रास्ट्रियता खतरामा परेको छ, जुन् कुरो गिरिजा बाबूले पनि भनि सक्नु भएको छ र यस्तो अवस्थामा नेपालका सबै शक्तीहरु एकजुट हुनै पर्छ।ब्यक्तिगत रुपमा भन्ने हो भने म त चाहन्छु, अब सबैले गणतंत्र-सणतन्त्रको कुरो छोडेर देश बनाउनतिरै लागेको राम्रो। कति बाझिरहने? भारतले क्वाप्प पार्न लागि सक्यो।

Anonymous said...

:) :)

Anonymous said...

bolu ta brilliant sanga:
तपाईंले नै लेख्नु भएको छ कि मातृकाले गिरिजाकै अगाडी रक्तचन्दन तस्करीको संरक्षक सुजाता हो भनेर गर्जिए भनेर। अब यो भन्दा बढी भन्डाफोर उनीहरुले के गरोस्।
--------------garjdai ma hune bhaye kukur le hatti lai pani jitna sakcha. Uni mantri chada sabai kura ko praman liyayea karbhai garera dhekaunu parthyo. Yesle maobadi managadante kura garne mahir bhayeko thap proof ho.
पर्छ।ब्यक्तिगत रुपमा भन्ने हो भने म त चाहन्छु, अब सबैले गणतंत्र-सणतन्त्रको कुरो छोडेर देश बनाउनतिरै लागेको राम्रो। कति बाझिरहने? भारतले क्वाप्प पार्न लागि सक्यो।
-------------yo kura khusi ko bhanne ki dhukka ko bhanne. yo raja rakhera desh lai faida pani chhaina; falera jhan befaida hola jasto. Khai katai biralo ko nang kate jasari raja lai rakhnu parne ho ki jasto lagcha. Whatever, desh rahancha bhane j pani garna tayar, malai mandale bhane pani sahi. Tara teso bhandai ma hamro paras sarkar lai putali sadak gadi huikayera manche kitchnu anumati dinu bhane hoina. Katai check and balance garera jana sake desh le nikas pauthyo k. tesaile ta tyo hunai nasakne sambidhan sabha ko pachi lagnu bhanda aile ko lai kata kata sudhar garne ho tyo sudhar gare hudaina? Ani khurukka samsad/gau/nagar ko chunab garera normal situation ma gaye hudaina? bali problem bhankeo hatiar dhari samuha. kehi lai political dhar ma liyaune baki lai kunai tarika le thik parne. natra ta desh condom bhayena ra. la bhannus ta desh condom bhaye hami k?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !