December 27, 2007

शिबपुरीको चिहान र का मदन भण्डारीका हत्यारा

१९९३ को मे महिना तत्कालिन नेकपा एमालेका शक्तिशाली महासचिब मदन भण्डारीको निधन- हत्या पछि देश भर तोड्फोडको युगान्तकारी आन्दोलन चल्यो। आफ्ना प्रिय कामरेडको अप्रत्याशित र शंकास्पद अबसानमा अन्य कामरेडहरुमा आक्रोशको ज्वाला दन्किनु अस्वाभाबिक थिएन। तर सार्बजनिक सम्पतिको बेजोड तोड्फोडले पछि सम्म आन्दोलन भनेको नै बार भत्काउ, ढुंगा हिर्काउ हो भन्ने कुरामा रुपान्तरित हुन थाल्यो। शहिद मन्चबाट खुलेआम घोषणा गरे, का मदन भण्डारीका हत्यारा गिरिजा प्रसाद हुन् र सिंह दरबारमा आराम गरिराख्या छन्। एमालेको सरकार आउने बित्तिकै ती हत्याराहरुलाई कठ्घरामा उभ्याइने छ भनेर सार्बजनिक फतवा जारी गरे। एमालेका खुँखार अनुसन्धान कर्ताहरुले हत्याराको यकिन गरी चाहिदो प्रमाण समेत जुटाइ सकेको उदघोष गरियो। नभन्दै त्यस पछि भएको मध्याबधि चुनावमा एमाले सबैभन्दा ठुलो दल भए र सरकार चलाए। सबुत प्रमाण जुटाइ सकेको पार्टीको शक्तिशाली नेताको हातमा देशको सत्ता हुंदा मदन भण्डारीको हत्यारा त के तिन भेउको छेउ पनि पुग्न सकेन। न्यायिक आयोगले दुर्घट्ना भनेको मै चित्त बुझाए। यसरी कामरेड मदन भण्डारी को शहादत लाई सिंढी बनाएर सत्तामा पुगे। अझै उक्त जीप दुर्घट्नाका एक मात्र जिउदा प्रत्यक्षदर्शी भनुं या साक्षी गाडी चालक अमर लामा(?) बर्षौं सम्म जिबित रहे। त्यो रहस्यमय घट्ना-दुर्घट्नाको पर्दाफास गर्न किन चाहेन वा सकेन ?षडयन्त्रको गन्ध र तीर आफ्नै पार्टी भित्र त थिएन? आज नेपाली बाम राजनीतिको क्षितिजमा मदन भण्डारि लगभग बिलाए सरि भएका छन्। त्यसरी नै शिबपुरीको चिहान कहिं माओबादीको सत्ता चढ्ने भर्‍याङ त होइन? हुनै लागेको संबिधान सभाको चुनाव त तर्क न बर्कको अत्तो थापेर भाड्न सक्ने महान कामरेडका सन्ततीहरुले आफ्ना होनहार लडाकुहरुको चिहानलाई किन सम्झेका छैनन्? भागबण्डाको राजनीतिमै ब्यस्त किन छन्?मदनभण्डारी र शिबपुरीको चिहान उस्तै उस्तै लाग्यो मलाई। अस्तु!


1 Comments:

ठरकि दादा said...

आफ्नो कार्यकर्ता र आप्नै नेता समेतको लाश माथि चढेर घिनलाग्दो तिड्कम गर्ने भएर नै राजनीतिलाई "Dirty Game" भनिएको होला । शिबपुरीको चिहान र मदन भण्डारीको हत्या बिचको यो अदृश्य तारलाई तपाईले गजबसंग जोडिदिनु भयो ।

काठमाण्डौको फोहोर देखी आफ्नै नेताको लाशलाई समेत भर-याङ बनाएर आफू माथि जान खोज्नेको सक्कली अनुहार र आप्नै कार्यकर्ताको हत्यालाई समेत "अवसर" को रुपमा उपयोग गर्नेको नैतीकता तपाईले संक्षेपमै ऐना जस्तै छर्लंङ्ग पारिदिनु भएको छ ।

तपाईको ब्लग पढेपछि मदनभण्डारी र शिबपुरीको चिहान मलाई पनि उस्तै उस्तै लाग्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !