December 10, 2007

सक्यो भने भारतले मलाई हटाउँछ


यो समाचार अलि पुरानो भैसक्यो, अनि अत्यन्त संवेदनशील हुदां हुदैं पनि केही कारणले ओझेलमा पर्‍यो ।


प्रसंग हाम्रा देशका राष्ट्र प्रमुख समेत रहेका प्रधानमन्त्रीको यौटा वक्तव्यको हो । त्यसो त हाम्रा नेताहरुको वक्तव्य र भाषणको जिम्मा उनिहरु स्वयंले पनि कहिल्यै लिदैनन् र आज बोलेको कुराको भोलिपल्ट ठाडो खण्डन वा बिरोध गर्न कहिल्यै पछि पर्दैनन् ।


हाम्रा नैतीकताहिन नेताकोलागी यो कुनै नौलो कुरा हुदैंन, अझ हामिकहाँ त बोली सकेको कुरा फिर्ता लिने सुबिधा पनि उपलब्ध छ, त्यसैले न त नेताहरु सोच बिचार गरी बोल्छन न त जनताहरुनै त्यसलाई मनन गरेर सुन्छन् ।


तर केहि समय अघी प्रधानमन्त्रीबाट अभिव्यक्त केहि वाक्याशहरुले भने कुनै पनि स्वतन्त्र नेपालीको स्वाभिमानमा पक्कै धक्का लाग्छ ।


जनआस्था मा प्रकाशीत उक्त समाचार अनलाईनमा हेर्न यहाँ किल्क गर्नुहोस ।


समष्टिमा खबर यस्तो छ :



बालुवाटारमा आफ्ना निजी सचिवहरु, डाक्टरहरु र अरु पारिवारिक सदस्यहरुसमेत रहेको जमघटमा कोइरालाले भारतले आफूलाई विश्वास गर्न छाडी एमाले महासचिव माधवकुमार नेपाललाई विश्वास गर्न थालेको बताउनुभएछ ।


साथै उहाले अझ प्रष्ट पार्दै “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो” अनि अन्तमा “सक्यो भने भारतले मलाई हटाउँछ” समेत भन्नुभएछ


यसो त नेपालको राजनीतिमा भारतको प्रतक्ष हस्तक्षप र दबदबा रहेको कुरा कसेमा छिपेको छैन र यसै ब्लगमा समेत यो ब्लगरले यसबारेमा यौटा सानो ब्लग लेखीसकेको छ ।


सायद प्रधानमन्त्रीले आफूलाई एकदम हक्की वा खुला छु भन्ने देखाउन सो कुरा बताउनु भयो होला तर यो बक्तव्यले हाम्रा प्रधानमन्त्री खुला हैन हालसम्म भारतकै ईशारामा नाचीरहेको प्रष्ट पारेको छ।


कुरा एकदमै सरल छ उहाँकै शब्दमा भन्ने हो भने पनि : “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो”, मतलब यसभन्दा अघी सम्म वहाँ पनि “भारतले भनेको मान्ने हरुको लिष्टमा हुनुहुन्थ्यो” ।


यौटा स्वतन्त्र देशका प्रधानमन्त्री अर्को यौटा “धम्मरधुस” देशले भनेको मान्ने लिष्टमा हुनुले के देखाउँछ त ? । भन्नै लाज लाग्ने र सोच्दै ग्लानि हुने । देशको प्रधानमन्त्रीको त यो हविगत छ भने हामीले कसरी आफूलाई स्वतन्त्र राष्ट्रको सार्बभौमसम्पन्न नागरीक भन्ने ।


“सक्यो भने भारतले मलाई हटाउँछ” भन्ने अन्तिम वाक्य पढदा कुनै पनि स्वाभिमानी नेपालीको शिर निहुरिएको हुनुपर्छ ।


वालीग मताधिकारको आधारमा देशको नेता र राष्ट्र प्रमुख समेत चुन्न पाउने नेपालीको जनताको सार्बभौमीक अधिकारको ठाडो खील्ली उडाउने यो वाक्यले हाम्रो नागरीक अधीकार के छ हैन हाम्रो अस्तित्वनै के छ भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।


नेपालको प्रधानमन्त्री भारतले हटाउने वा थमाउने गर्छ भने हामि को त? प्रधानमन्त्री स्वयं कठपुतली भए जनता झन के त?


सक्यो भने भारतले मलाई हटाउँछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ती पक्कै पनि त्यसै आएको छैन, पक्कै पनि यस भन्दा पहिले त्यस्तो खेल धेरै चोटि भैसकेको होला र हाम्रा प्रधानमन्त्री पनि कैयौ पटक त्यसमा खेलाडिको रुपमा सामेल भैसक्नु भएको होला। भनिन्छ नि सर्पले मात्रै सर्पका खुट्टा देख्छन, यो खेलमा धेरे पारगंत भएकाले मात्रै प्रधानमन्त्रीले त्यस्तो सम्भाब्य “भविश्यवाणी” गर्नु भएको होला ।


जे होस सम्पूर्ण नेपालीले थाहा पाएर पनि थाहा नपाएझै गरि बसेको यौटा कटू यथार्थको प्रधानमन्त्री स्वयंले पुष्टी गरीदिनु भएको छ । यसकालागी वहालाई “धन्यवाद्” दिनै पर्छ । अबका दिनमा कसैले हाम्रो सरकार भारतले बनाउँछ र बिघटन गर्छ भन्नेमा कुनै भ्रम नपाले हुन्छ ।


अन्तमा प्रधानमन्त्रीलाई यौटा आग्रह पनि । उमेरको उत्तरार्धमा पुगी यो अबस्थामा आउँदा तपाई के कति कारणले “भारतले भनेको नमान्ने लिष्टमा” पर्नु भयो त्यो त मलाई थाहा छैन तर तपाई आफ्नो स्वार्थको त्याग गरेर साँच्चै र सधैकालागी “भारतले भनेको नमान्ने लिष्टमा ” बस्न सक्नु भयो भने जिवनको उत्तरार्धमा यो पक्कै पनि यौटा सम्मानजनक र आदर योग्य काम हुनेछ ।



9 Comments:

एकलव्य ( Eklavya) said...

हिजो भएको मधिशे नेताको बगावत अनि गिरिजा बाउका आफ्नै मान्छे मानिने महन्थ ठाकुर सहित सबै राष्ट्रिय दलमा रहेका शिर्षस्थ मधिशे नेताको बिद्रोह गराएर भारतले दिन खोजेको संकेत प्रष्टिएन र अब ?

माओवादी बिच्किए र राजवादीसंगको लगनगाँठो खोज्न थाले अनि गिरिजाले घरिघरि हतासा देखाउँदै राष्ट्रिय अस्मिता खतरामा परेको कुरा गरेर भारतसंगको असन्तुष्टि जाहेर गरिरहँदा , भारतले लौ त जोरी खोज्ने हौ र भनेको नमान्ने हौ भने हामीले पनि के गर्न पर्छ जानेका छौँ भन्ने देखाउन तराई रहितको नेपालमा राजनीति गर त लौ भनेर राष्ट्रिय दलहरूलाई झापड हान्न खोजेको हो यो पछिल्लो राजनैतिक विकासक्रम ।
ठरकीजीले बने जस्तो भारतीय सबजुगेसनमा रहेको जस्तो अभिव्यक्ति दिएर प्र म ले लाचारी नदेखाएको भए जाति हुन्थ्यो, तर भारतको प्रभुत्वसंग पौँठाजोरी खेल्ने नेपाली नेताको हविगत के भएको छ देखिएको छैन र । यो हरेक नेपाली घटनाक्रममा अनिवार्य भारतीय उपस्थिति कसरी रोक्ने उपाय दिन पर्‍यो , हैनभने यो शृङ्खला रोकिनवाला छैन ।
हेर्नुस मधिशे हस्तिको अलग दल बनाएर अनि उनीहरूको राष्ट्रियदल संगको नाता टुटाएर भारतले अब आफ्ना नया गिरिजा र माधव नेपाल तयार गर्नेछ, केही तान प्रचण्ड त अघिदेखि तयार भैसकेका छन् त्यहाँ । हेर्नुस , यो पछिल्लो मधिशे बगावत अखण्ड नेपालको इतिहासमा माओवादी बिद्रोह र तेसका बाह्र वर्ष वा अन्य कुनै अर्का घटनाक्रम भन्दा बढी चुनौतिपूर्ण हुनेछ ।

Anonymous said...

Yesto hunu ma unka dui dai(tara ti matrai chai pakkai hoinan) lai thulo shreya jancha. pahile kaa neta haruko alpadhristi le garda nai bharatle yeti dherai pelna sakeko ho

Anonymous said...

नेपालको भूराजनीति र छिमेकीहरुको कुद्रिष्टी बारे २-४ य्शब्द लेख्दानै केही मित्र रिसाए। उत्तर तिरको छिमेकीको नून खाएर् हो कि? दक्षिण तिरको दुष्टका सबै क्रियाकलापहरु हामी ढिलो चाँडो बुझ्छौं। किन कि तिनको भाषा अधिकांश नेपाली ले बुझ्छ र संभव भए सम्मको सूचना संग पहुंच छ। साथै ती दुष्टका प्रेस र संचार पनि स्वतन्त्र छ। नेपालको राजनीति र राजनैतिक दल भित्र तिनको पहुंच र तिनका गोटीहरु कहाँ को को छन् भन्ने थोर बहुत जानकारी यो राहुलभाई लाई छ। तर सार्बजनिक मन्चमा भनिहाल्न अलि अप्ठ्यारो छ। ब्यक्तिगत रुपमा टेलिफोनमा म संग भएको जानकारी बाड्न कुनै आपत्ती छैन।

Postak_Shrestha said...

सम्बन्धित् थ्रेडमा नभनेर अर्को थ्रेडमा गएर गाली गर्ने तपाईको स्टाइल गजब छ। "कमरेडको ठीमाहा" भन्दै हुनु हुन्थ्यो, अब चीनको नून् खाएर बोलेको भन्न थाल्नु भयो, ए बाबा म कुनै पार्टीको झोले कार्यकर्ता होइन, सामान्य समर्थक सम्म हुं। फुर्सद भएको बेलामा यसो दुई चार शब्द आफ्नो बिचार लेख्ने हो, कसैको नून् पचाउन होइन। अमेरीकामा बसेकोले खाएको भए अमेरिका कै खाइएको होला, कुनै चीन वा भारत को खाएको छैन। । यो दौंतरी कसैले कसैको नून खाएर शुरु भएको हो र नेपोलिएन जी? यहां प्रत्येकले आफ्नो बिचार ब्यक्त गर्दा कसैको नून् खाएर गरेको हुन्छ?
कुन् पार्टीका नेताले कुन देशको नून् खाए भनेर सार्बजनिक रुपमा भन्न चांही नसक्ने, मानौ तपाईको जागीर नै जान्छ जस्तो, तर एउटा सामान्य ब्यक्तिको अभिब्यक्तिलाई नून् खाएको भन्न सक्ने,तपाई धन्य हुनु हुन्छ। हेर्दै जाँऊ अरु के के शब्द यहाँबाट उदगार हुन्छ।

nepalean said...

Bharat ko pressure ta kati chha, tyo sabai lai taha bhayeko kura ho. Girija ko Atma Britanta ma ani charlanga bhaneka chhan - Mahendra ko palama India le Raja sarah haiseyat rakthyo. Malai ta achamma lagcha khoi kina ho kunni Nepal ma teti chaso dini, afanai samasya halgarna nasakneley jasto lagcha.
Gaali ta hoina, taali chhai malai ni man parcha. Nun ko kuro, yeso kura bhujda kheri sabai blogger le afnai nun khayeka hun ki jasto lagcha malai ta. Khandan garna payincha personal kura ma thes napugne gari, maile bhujeko dautari ko mantra tehi ho.
Aajkal baru ali susta bhayeko ho ki jasto lagcha Dautari, yeta ta hiu pareko chha, anta pani hiu parekko chha ki kya ho?

Anonymous said...

बिद्वान महाशय जी,
क्षमा चाहन्छु। चित्त न दुखाउनु होला।

Anonymous said...

ह्या कस्तो झगडा गरेको नि?अझ यस्मा कुनै माओवादीले नै आफ्नो लेख राख्यो भने के हुन्थ्योहोला होला ? मलाइ त मनपरेन साथीहरु यसरी झड्काझड्कि गरेको। मत भिन्न हुने बित्तिकै के कसैलाई अप्रत्यक्ष रुपमा टर्चर नै गर्नु पर्छ त? -आफ्नो विचारलाई स्थान दिन चाहानेले दुष्मन नै किन नहोस उस्को कदर र सम्मान गर्न जान्नुपर्छ। कसैलाई मिठोभाषामा तर होच्याएर प्रतिजवाफ लेख्दैमा हामी ठूलो कहलिने त हैन नि। मेरो दुइ सेन्ट।

ठरकि दादा said...

YOu are right "Anonymous"

I do not have any words to express what else can I say?

Friends and Guests !! please express your views about the particular threads only.

Talking about some other issues and "offline" matters in a non-related thread is not practicle.

Let's unite and blog.

Happy Blogging to all!

Anonymous said...

Aba kura barabar bhayena ra bhanya....sabai lai sanibar lageko hola, la ramail garau.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !