December 6, 2007

राजावादी र माउवादी हाइ हाई गणतन्त्रवादीलाई वाइ वाई

राहुल भाइको लेखमा "माउवादी" सधै गणतन्त्र विरोधी एव राजावादीको नजिकको भनि पढेकै हु । मेरो व्यक्तिगत विचार पनि माउवादी दरवारवाट जन्माइएको सन्तान हो भन्ने थियो । इतिहासमा उग्र कम्युनिष्टको खोल ओढेकाहरुले राजदरवार प्रति देखाएको वफादारीलाई नेपालीले जानेका नै हुन । पिताको शोक परेको वेलामा पनि माकुनेलाई पदको लोभ थिएन भन्ने कुरा अव पुरानो रहेन । दरवार हत्या काण्डमा माउवादीले सहयोग गरेका आरोप लागेका नै हुन । नया राजालाई कम्युनिष्ट नेताले दाम चढाइका नै हुन ।

०४६ सालको जन आन्दोलन सफल भएको आम सभामा गिरिजा वावुले पंचको पनि जित भनेको कुरालाइ लिएर सभामा हंगामा भएको थियो । पुन गिरिजा वावुले सेरोमेनियल किगको कुरा ल्याउदा देश हल्लियो । कार्यगत एकता र शान्ती प्रकृयाको लागि मुल धारमा माउवादीलाई ल्याए भनि कांग्रेसले गर्व गर्नु निर्रथक छ। किनकी यो त माउवादीको गन्तव्य नै थियो । जंगलमा लडाकु धेरै दिन टिक्न नसक्ने अवस्था र ठुलो योजनालाई सतहमा ल्याउन यो शान्तीको कुरा अगाडी ल्याउने पर्ुव निधारित कार्यतालिका नै हुन ।केवल यसको रगमचंमा काग्रेस अगाडी आएको हो ।

दास्रो जन आन्दोलन पश्चात वाइसियलले आम नेपालीलाइ चलाइकै हो ।काभेमा वोक्सी आरोपमा महिलालाई पिटेकै हो । काठमाण्डौ मा फोहरको राजनिती गरेकै हो । उल्फाका ेसदस्यलाई प्रहरी मा वुझाएकै हो । चन्दा असुलस्ीलाई तीव्र वनाएकै हो । प्रचण्डले "७ चोटी" भारतिय राजदुतावासमा चियापना गरेकै होला । माउवादीको युद्धको वेलामा आधार इलाका भारत वनेकै हो अनि र भारतको मद्धत लिएकै हो ।
जेष्ठको चुनाव त हुन सकेन मंसिरको चुनाव गर्न नदिनु को कारण अव सवैले वुझेको छ। माउवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ती तेसको प्रमाण हो । अव राजाले माउवादीलाई साथ लिएका होइन भनि भन्न सक्ने आधार वाकी रहेन
मगध राज्यको धनानन्दलाइ हटाउन विष्णुगुप्तसंग कुटिल राजनिती ज्ञान थियो तर नेपालमा नेता भन्दा अरु संग कुटिल राजनैतिक ज्ञान छ भन्ने मेरो निष्कर्षछ । विष्ण्ु गुप्तले धनानन्दलाइलाइ मात्र हटाएन मगधको आन्तरिक सत्रुलार्इ पनि समाप्त पारेका नै हुन । तर नेपाल मा अव तेस्रो जन आन्दोलन मा लाग्ने नारा राजावादी र माउवादी हाइ हाई गणतन्त्र वादीलाई वाइ वाई हुने कुरामा दुविधा छैन । किनकी नेपालको धनानन्द नेपालको विष्णुगुप्त भन्दा चलाख छन अनि पाउरोस नरेसलाई कसरी साथ लिनु पर्छ भन्ने यहाको धनानन्दले जानेको छ ।


2 Comments:

Anonymous said...

यो राहुलभाई राजनीति शास्त्रका बिद्यार्थी कहिलेइ थिएन। सक्रिय राजनीति कहिलेइ गरेन। राजनैतिक घट्नाक्रमलाई भने सधैं नजिकबाट नियाल्ने गर्दछ।
मलाई चिन्ने र संगत गर्ने धेरै जनालाई थाहा छ, यो राहुलभाइले माओबादीको माइबाप दरबार भित्र हुनु पर्दछ भनेर २०५३-५४ साल देखि भन्दै आएका हुन्। आज प्रचण्डको क्रान्तिकारी मुखबाट नै बुलन्द घोषणा भैसकेको छ।
त्यति बेला धेरैले गफ लगाए भने। घट्नाक्रम हरु र केही शंकास्पद ब्यक्तीहरु संग भएको कुराकानीबाट मैले त्यति बेला नै प्रचण्ड पथ भन्ने नै छैन, प्रज्ञा पथ अर्थार प्रचण्ड+ ज्ञानेन्द्र पथ मात्र छ भनेर।
अर्को कुरा नि हेर्दै जानु होला, जसले भारतको चर्को बिरोध गर्दछ, त्यति नै बढी भारतीय भत्ता बुझ्ने गर्दछ।
भारतीय खेल भन्दा चिनिया खेल अझ खतरनाक र पीडादायी हुने छ। बिस्तारै बुझ्नु हुने छ। अस्तु!।

Postak_Shrestha said...

राजाका चर्का बिरोध गर्नेहरु नै भित्र भित्र राजाबादी हुने, भारतका चर्का बिरोध गर्नेहरुले नै भारतको भत्ता खाईरहेको हुने सिद्धान्तलाइ मान्दा, माओबादीको जहिले पनि एक तमाससंग बिरोधमात्र गरेर लेखिरहनेहरु पनि भित्र भित्र माओबादीका कार्यकर्ता हुन् भनेर शंका गर्नु पर्ने हुन्छ।
कांग्रेसका नरहरि आचार्य र गगन थापाहरु पनि गिरिजाले एकचोटी आरोप लगाए जस्तै राजदरबारका भत्तावालाहरु हुन् त?
यो कुरा सही हो, माओबादी जनयुद्धले प्रजातन्त्रलाई कमजोर तुल्यायो र राजतन्त्रबादीहरुलाई मजबूत तुल्यायो, र राजाबादी र माओबादीहरु दुबैले तत्कालीन् अवस्थामा एक अर्कालाई भरपुर उपयोग पनि गरे। तर सम्पुर्ण माओबादी दरबारबाट परिचालीत भन्ने कुरो हावादारी नै हो।
फेरी माओबादीक पक्षमा केही कुरा बोल्दैमा वा लेख्दैमा "कमरेडका ठीमाह सन्तान्" हुने हो भने माओबादीका चर्का आलोचक हरु कस्को ठिमाह नि? त्यो पनि आफैंले बताई दिनु होला।आफूलाई प्रजातन्त्रका मसीहा र ब्याख्याता नै ठान्ने हरु आफूसंग असहमत बिचार आउने बित्तिक्कै कसरी "ठिमाह" शब्द प्रयोग् गरी मनोबैज्ञानिक आक्रमण पनि गर्न जान्द रहेछन्।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !