November 28, 2007

लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ...

ए रात्तै! हाम्रो गाम के उग्र संसद आईलाग्यो गाँठे! पौराणिककालमा चुनिएका एक थरी सांसद छन - अर्का थरी हुकुमी साम्सद छन। अब त बंसानुगत पनि हुने भए अरे भन्ने सुन्छु। सबै मिलेर सिहदरबारको ग्यालरी बैठ्कमा सिनेमा हल खोल्या छ्न। सिनेमा चै एउटै लगाउछन -- चले नी नचलेनी हाउस फुलको साइन झुण्ड्याउँछन। सिनेमामा सबैले भाग पाएका छन। पारीश्रमीक राम्रै छ क्यारे लाग्या छन लाग्या छन।

कार्यक्रमको रुप रेखा सिमा पारीकाले कोर्छन -- बालुबाटारमा नरिबल फोर्छन -- टिके सांसदहरु बालुबाटारे जमातको अघि हात जोर्छन -- जनताको पैसा भत्ता भन्दै सोर्छन त्यै हो।

नारनहिटीमा अचेल बसेका ठेकेदार चमेराको बेपारमा लाग्या छन क्यारे धुनधान चमेरा कराको सुन्छु त्यता-- नयाँ बजारमा सम्बिधान सभाका ठेकेदार छन -- लैनचौरको गद्दीमा नेपालकै ठेकेदार बसेका छ्न। सांसदहरु सिहदरबारमा किन बस्ने हुन? उनीहरुलाई नै थाछैन -- "सिंहदरबारमा भेला होउ ए मोरामोरी हो" भन्ने आकासबाणी भए पछि बिस्वबिजेता हुन कि झै गरी पुग्छन -- आफ्ना मालिकहरुसँग जजस्का कुरा बाझ्छन सबैलाई पर्तिगामी भन्छन। गर्ब गर्छन।

हाहाकार मच्चाउने शस्त्र नै सबै समस्याको हल गर्ने अस्त्र हो भन्ने सोचाई भएकाहरुको मुख्यालय बुद्धनगरमा छ अरे -- ठाम त खोजेकै हो। एमालेका साहुहरु बाझेर अचेल धुनधान छ। सम्बिधान बनायो अनि त्यसै सँग बाझ्ने प्रस्ताब पारीत गर्ने ह्विप जारी गर्ने कामरेडहरु सम्बिधानको दुहाई दिन्छन।

फेरी संसद बस्ने रे? किन बस्ने? कैले सम्म बस्ने यो संसद? बरु बस्ने बस्ने हो भने ठिकै छ -- सम्बिधान सम्सोधन गर्ने बानी बसेकै छ -- एक हात सधैको लागि यही संसदलाई स्थाई गरीएको र कुनै सांसदको ठाम खालि हुन गएमा जुन दलको हो उही दलले आफ्नो ईच्छानुसार मनोनित गर्ने भन्ने घोषणा यसै संसदले गर्दे कसो होला? बेकारमा चुनाब भन्दै पैसा किन खर्च गर्ने?

पर्धानमन्त्री -- अथबा राजा पनि त्यही स्थाई संसदले मनोनित गरोस भै गो। के को संबिधान सभा? जनतालाई आखिर के नै थाह् छ र? धुरन्धर सांसदहरु संसदमा छदैछन। के को पिर? देश चलाउने आखिर बिदेसीले हो। त्यो चुनाब भए पनि नभए पनि चलाई हाल्छन।

अनि दुई अर्ब खर्च गरी गरी पालमा राखेर किन कसैलाई पाल्नु पर्यो? सबैलाई खुला छोडदिए हुन्छ। बरु मैना मर्छ आ-आफ्नो पार्टी कार्यालयमा जानु पारीश्रमिक बुझ्नु भन्दिनु। सबै राजनैतिकदलहरुलाई आ-आफ्ना पार्टिका कार्यकर्ताहरु नामाबली पेस गर्नु भन्नु। सबैलाई भत्ता दिनु। किन एउटा पार्टीका मात्रै साँढे पाल्ने -- पाल्न पाल्न पारे पछि?

बरु संसद अब देखी १२ महिना नै चलाउनु पर्यो दिनको तिन सो। संसद चलेको हेर्ने टिकट लाउने -- त्यै टिकट बाट उठेको पैसा पनि सांसदहरुलाई नै दिने बोनस। अनि पो नया नयाँ कुरा सिकेर सांसदहरुले शो रोमान्चक बनाउँछन त। अब भत्ता मात्रैले त के गर्ने? भत्ता त यसै पनि आकै छ। जनता पनि कति भारतिय सिनेमा र त्यै भारतिय सिनेमाको डाउनग्रेड गर्या नेपालीमा सम्बाद बोल्ने चलचित्र हेर्नु?

सिहदरबारको ढोकामा एउटा स्थाई साईनबोर्ड राखम जस्मा लेखियोस "लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ..."

7 Comments:

Anonymous said...

लौ घच्ची गयो पर्भो । पेलम पेलम ।

ठरकि दादा said...

कार्यक्रमको रुप रेखा सिमा पारीकाले कोर्छन -- बालुबाटारमा नरिबल फोर्छन -- टिके सांसदहरु बालुबाटारे जमातको अघि हात जोर्छन -- जनताको पैसा भत्ता भन्दै सोर्छन त्यै हो।

वाह! क्या शब्द स‌योजन !! क्या सटीक !! मजा आयो ।

Anonymous said...

सिहदरबारको ढोकामा एउटा स्थाई साईनबोर्ड राखम जस्मा लेखियोस "लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ..."
कती हो एउटा टिकटको? बल्याकमा नि पाइन्छ कि ?

PB said...

Nice one deep bro...

Postak_Shrestha said...

जे होस् फेरी return of the Gyaanendra को लागि प्रीष्ठभूमी तयार हुंदैछ। दिल्ली देखी लेखिएका बनेका सहमतीहरुको पालना न माओबादीबाट भयो, न सरकार पक्षबाट। माओबादीहरुले निर्वाचन पूर्व नै गणतंत्रको घोषणा माग गरेर बिशेष अधिवेशन बोलाउने हल्ला गरिरहदा सरकार पक्षबाट कुनै रेस्पोन्स भएन। बिशेष अधिवेशन भयो, समस्याले कुनै निकास पाएन। बिशेष अधिवेशन पछी र हीउंदे अधिवेशन अघिको समयमा कुनै संपर्क सम्वाद भएन। हिउंदे अधिवेशन शुरु हुने बित्तिकै "सहमती खोज्न" भनेर १० दिन बैठक स्थगित हुन्छ र त्यसपछिका ७ दिन त्यसै जान्छ र सहमती खोज्ने काम आठौं दिनबाट शुरु हुन्छ। त्यसपछि फेरि संसद स्थगित गर्न लाज त हुने नै भयो। संसद् चल्ने र सहमती खोज्ने काम् संगै बढाउने सहमती हुन्छ, अचम्म?

अहिले राजालाई खुब मज्जा आईरहेको होला, भूजा पनि मज्जाले ज्युनार गरिबक्सन्छ होला, किन भने अजिंगरको आहरा दैवले जुराउंछ भने जस्तो हाम्रा नेताहरु अजिंगरको मुखतिर बढिरहेका छन्।

सुनिन्छ आजकाल आर्मीका धेरै ठेक्कापट्टाहरु सुजाता दिदीका मान्छेहरुलाई पर्छ रे। आर्मीका कार्यक्रमहरुमा सुजाता दिदी बिशेष पाहुनाका रुपमा निम्त्याईनु हुंदो रहेछ। त्यसैले त वहां राजाको कू पस्चात मोटरसाइकालमा चढेर भारत पस्नु परेको कुरा बिर्सिएर आजकल राजाको तरफ्दारी गर्न तिर लाग्नु भएको छ। २०४७ सालको संबिधान ब्यूंताउने कुरा गर्नु हुन्छ।

चिरन्जीबि, खुमे, जोशी, गच्चदार जस्ता भ्रस्टहरु माओबादीहरु संग झुक्न नहुने अडानका कुराहरु गर्छन्, यिनीहरु नै हुन भांडहरु। देशमा जति गण्डागोल हुन्छ, त्यसको फाइदा लुट्ने यिनीहरु नै हुन्।

Anonymous said...

दीप गज्जब गयो ।
तर मलाइ त सबै संसद बाँदर र उनीहरुको कृयाकलाप जंगली लाग्छ। त्यसैले शिहदरवार कहिलेकाही चिडियाघर लाग्छ। जे भएनि प्रवेस गर्न टिकट त चहियो नै एउटा टिकट मलाइ पनि ल। :)

Anonymous said...

गज्जब गयो दिप ब्रो। यि नेता हरुको बयान त हजार जिब्रो भएका शेष नागले पनि सक्दैनन्। बरु टिकट बेचेर संसद चलाए अलि अलि पैसो त उठ्थ्यो देसमा। तर फिल्म फ्लप हुने को कि नेता ले सिठ्ठी र चप्पल खाने हुन ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !