October 15, 2007

टिका नलाउं

आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।

3 Comments:

Basanta said...

धेरै पछि आज चौतारी पस्दा पो थाहा भयो साथीहरुको यो ब्लगको बारेमा! बधाई छ सही शुरुवातको लागि र शुभेच्छा यसको सफलताको लागि।

दशैंको हार्दिक शुभकामना!

आश्मा said...

नमेजी, समय सान्दर्भिक कबिता पस्किनु भएछ , धन्यवाद है यहाँलाइ साथै सबै दौतरी परिवारलाई दशैको शुभ-कामना :)

nepalean said...

धन्यबाद बसन्तजि र मिस दिदी, तपाइहरुलाइ पनि दशैको शुभकामना तथा होसला दिनु भएकोमा धन्यबाद।
तपाइहरुले पनि यसो दौतरीमा लेख्नु पर्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !