October 9, 2007

सानो कुरा

आज तेस्रो दिन भयो दौतरी सुरु गरेको, निकै उल्लेखनिय प्रगती भएको महशुस भएको छ । सबै सल्लाह, सुझाब लिएर अघि बढिरहेका छौ तर साना तिना कोडिगं को समस्या भएर दौतारीलाइ थप आकर्षण दिन समय लाग्ला जस्तो छ।
चना, ठर्की तथा राहुल दाइका लेख निकै राम्रा र सन्द्रभिक लागे । यसरीनै दौतारीका हात बलियो पार्दै लाग्नु पर्दछ।

साथै ब्लगलाइ परिस्क्रित पार्न डिजाइन देखि लिएर बाटो देखाउनुहुने सबै मित्रहरुलाइ धेरै धेरै धन्यबाद।
बिशेष गरी महेश मित्रले दौतरीको ब्यानर बनाउनु भएर ठुलो मद्दत पु्याउनु भएको छ। यसै गरी नै हातेमालो गर्दै लागौं, भबिष्य अबश्य नै सुन्दर हुने छ। यदी कुनै मित्रहरु क्रमिक रुपमा लेख, रचना पठाउनु हुने भए या गेष्टको रुपमा लेख रचना पठाउनु भए, [email protected] यो इमेलमा खबर गर्नुहोला । यदी तपाइहरुलाइ दौतारी राम्रो लागे कमेन्ट बक्समा केही पोख्नुहोला । साथै निकै मिहेनेतका साथ लेखिएका रचनाहरुलाइ पढेर हौसला थपिदिनुहोला ।


4 Comments:

Anonymous said...

रुपरङ फेरिदै गएको देख्दा दंग परेथे, नमे ब्रो टन्नै खटिरा' रैछ र पो ।

बरु यो दौतारीमा कति हिट हुँदो र'छ गन्न पाए हुन्थो ।

साझा चौतारी तिर यता राख्या कुराहरुलाइ छुस्स् छुस्स् राखेर जानकारी दीनु पर्ला के रे ।

आश्मा said...

राम्रो छ तर नि त्यो दौतरीको ब्यानरको दुइवटा हातमा चुरा(नारी सूचक) अनी होमपेजक title-DAUTARI को छेउको चित्रमा एकहात महिला को राखिदिएको भए कस्तो हुन्थ्यो कुन्नि? अनिखेरि, नेपालीभाषा पनि उत्तिकै महत्वपूर्ण भएकोले कहिकतै नेपालीमा पनि 'दौतरी' लेख्नेकि -- मनको कुरो राखेको मात्रै है अरु हजुरको विचार
:)

ठरकि दादा said...

home page मा नेपालीमा पनि नाम वा ब्यानर राख्नु सान्दर्भीक ने होला । यो ब्लग र वेब पेज बनाउने काम ज्यादै असजीलो पनि हुन्छ। फेरी "मेकअप" गर्दै नगरे पनि नहुने धेरै भए पनि "कुरूप" देखिने डर हुन्छ । तर अहिले सम्मलाई भने "नराम्रो" केही छैन है तपाईको मेहनत र हौसलाले अझ राम्रो हुदैं जानेछ भन्नेमा बिश्‍वस्त छु ।

धेरै script भने नहाल्नु होला फेरी पेज लोड हुन निक्कै समय लाग्छ ( डायल-अप प्रयोग गरेर हेर्नेको लागी पनि सोच्नु पर्छ )

nepalean said...

La nepali ma ni logo tayar bhayo. Yo pani mahesh ko nai den ho. script ko santulan garera, kam make up tara kurup lai avoid garne prayas garchu. chana le bahne jasto viewer tracking chitai nai rakhkula. prajwol lai dhanyabad article pathaunu bhayeko ma. tharki lai pani dhanyabad naya article thapnu bhayeko ma, joddar chha!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !