October 31, 2007

अबिश्वासको राजनीति

मैले बुझे अनुसार नेपालको राजनीति अबिश्वासको हो। कसैलाई कसैको बिश्वास छैन।

राजा: देश जनताको हो राजाको हैन। बिगतमा पृथ्बीनारायण, अनि बहादुर शाह जस्ता दरबारका ब्यक्तित्वहरुले ज्यान बाजीमा राखेर नेपालको रक्षा गरेका थिए। यदी नेपाल एकिकरण गलत प्रकृया थियो भन्ने मान्यता छ कसैको भने बेग्लै कुरा हो। हुन त पृथ्वीनारायण एक्लैले गरेको एकिकरण हैन बीर जनताले उनलाई साथ दिएका थिए। पृथ्वीनारायण आफैले पनि उनको साना दु:खले अर्ज्याको मुलुक हैन भनेर भनेकै छन। अब पृथ्वीनारायण शाहले शताब्दिओं अघि नेपाल एकिकरण गरे भनेर ज्ञानेन्द्रलाई किन राजगद्दी दिने? उनलाई यदी बिस्वास छ जनताको भने जनमत संग्रहको घोषणा किन गर्न सकेनन हिंजो माओबादीले सम्बिधान सभाको नारा उठाउँदा? उनले "ल ठिक छ जनमत संग्रह गरम -- जनताले श्रीपेच ला भने लाउँछु नभए फुकाल्छु किन भनेनन? -- अझै पनि भन्न सकेका छैनन। किन? उनलाई बहुसंख्यक जनताको समर्थन छ भन्ने बिश्वासै छैन।

माओबादी: हिजो सम्म गणतन्त्रको नारा उनीहरुको थ्यो -- सम्बिधान सभाको नारा उनीहरुकै थ्यो आज त जो पनि गणतन्त्र जो पनि सम्बिधान सभा भन्न थाले पछी उनीहरुको परिचयको अस्तित्व धर्मरायो। एमाले र माओबादीमा कति फरक बाँकि छ? दुइटै कामरेडहरुको अखाडा दुईटै गणतन्त्र बादी अहिले। एमालेले बिगतमा पटक पटक उस्को जनाधार देखाएको छ भने माओबादीको जनाधार मतले तोकेको बेला एमालेको तुलनामा धेर कमजोर थ्यो। माओबादीलाई थाह छ यो कुरा। मधेसमा पनि उनीहरुको आधार भत्किन थाल्यो। आज चुनाबै नलडी भजमने संसदमा ८४ स्थान छ भोली त्यति पनि आउँदैन भन्ने उनीहरुले बुझे। त्रासलाई समर्थनको जाल ठानेका उनीहरु आज आफै त्यो जालमा अल्झेका छन। नत्र हिंजो सम्म ८०% जनता हामी सँग छन भन्नेहरु आज चुनाबमा जान डराउँदै छन। किन? किन कि उनीहरुलाई बहुसंख्यक जनताको समर्थन छन भन्ने बिश्वास छैन।

काँग्रेस: गणतन्त्र नभने जनताले आफुहरुलाई पनि "आर्जेघाटको बाटो यता" भनेर देखाई दिन्छन भन्ने बुझे उनीहरुले। तर माओबादी र एमाले लाई काँग्रेसले एका तिर राख्छ अनि आफुलाई एका तिर। आफ्नो पक्ष कमजोर देख्ने नै भो। कामरेडहरुले बर्बाद गर्छन भन्ने काँग्रेसलाई छ। गिरिजालाई पद चाहिया छ। उनी जिउँदै हुँदा सम्म कामरेडलाई आफु भन्दा शक्तिशाली ओहोदामा देख्न सक्दैनन। बिगतमा पनि पटक पटक संसदमा बहुमत ल्याएको काँग्रेस किन चुनाबमा जान डराउँछ? किन कि उस्लाई पनि बहुसंख्यक जनताको समर्थन छ भन्ने बिश्वास छैन।

बहुसंख्यक जनतालाई न राजाको न नै माओबादी लगायतका राजनैतिक दलहरुको बिश्वास छ। सबै आज एउटा भोली अर्कै कुरा गर्छन। देशमा आतङ्क बोल्छ -- त्यहि सुनिन्छ। मधेसी आन्दोलनमा मर्नेहरुले १० लाख पाए -- कपिलबस्तुमा मर्नेहरुले १० हजार। यस्ले के भन्छ? माओबादीहरुको संसदमा ८४ स्थान छ। कसरी? अहिलेको संसद के को संसद? सांसद कसरी सांसद? जनताले आफ्नो सांसद चुन्न पाउने कैले?

मेरो बिचारमा राजतन्त्र राख्ने कि नराख्ने? हिन्दु राज्य हुने कि धर्म निरपेक्ष? राष्ट्र भाषा नेपाली कि अरु कुनै? संघिय संरचना राख्ने कि नराख्ने जस्ता बिषयमा जनमत संग्रह गरेको राम्रो। सबैलाई निर्धक्क आ-आफ्नो बिचारको प्रचार गर्न दिनु पर्छ सरकारले। अनि जे जस्तो निर्णय आउँछ त्यस्लाई जनताको निर्णय भन्न पाईन्छ।

राजनीतिले आर्थिक-सामाजिक बिकासको लागि बाटो बनाईदिने हो -- राजनीतिले देश सुध्रीदैन। नेपालमा राजनैतिक अध्यादेसबाट देश बनाउने घोषणा हुन्छ -- त्यसैले गरीबीको मारमा परेका जनताले राजनैतिक पक्षबाट राहत खोज्छन। देश बलियो हुन आर्थिक स्थिती बलियो हुनु पर्छ। सम्मान्जनक सामाजिक समन्वय र एकता हुनु पर्छ। त्यस्को बारेमा राजनैतिक दलहरुलाई सोच्ने फुर्सदै छैन। राजा कुन चै मन्दीर झुक्याएर जालान भन्ने पिर गर्ने हैन गिरीजा, प्रचण्ड, माधब नेपल जस्ताहरुले यदी उनीहरुलाई हामीले नेतृत्व दिने हो भन्ने लाग्छ भने। हिंजोलाई सरापेर भोली सुध्रिन्न। आजै देखी नलागे भोली फेरी आज हुन्छ अनि फेरी आज हिजो सरापेर केइ न केई।

मेरो बिचारमा संसदिय प्रणाली हैन नेपालमा अमेरीकाको जस्तो अध्यक्षिय प्रणाली राम्रो हुन्छ। मध्याबधि चुनाबको टन्टा किन गर्ने? सांसदहरु मन्त्री हुन नपाउने ब्य्बस्था हुनु पर्छ। मन्त्रीहरु भनेको प्रसासनिक कामका लागी हुन -- प्रमुख कार्यकारीले तेस्को छनोट गर्छ। सांसदहरु आ-आफ्ना निर्बाचन छेत्रका कुरामा लागुन। जनतालाई धैर्यता सिकाउन -- आर्थिक बिकासको बारेमा बोलुन खोक्रो नारा दिने हैन।

नेपालले उद्योग धन्दामा भारत र चिन सँग प्रतिस्पर्धा गर्न सक्दैन त्यसैले सेबामुलक उद्योगमा आफ्नो स्रोतहरु लगाउनु पर्छ। पर्यटन नेपालको अचुक अस्त्र हो त्यस्को बिकास अनिबार्य छ। भारत outsourcing को बजार हो भने नेपाल किन हुन सक्दैन? त्यता तिर सोच्नु पर्छ -- १० बिघा जमिन हुने सँग पाँच बिघा खोसेर अर्कोलाई जोत्न दिएर तत्कालको समस्या टर्ला तर त्यो दुखको मेलोले अरु दुख ल्याउँछ भोली। कृषी प्रधान देश भएर आउँदा दिनहरुमा संघर्ष गर्न मुस्किल पर्छ। आजै हो बेला भोली बनाउने। भोली त भोली फेरी आज हुन्छ।

2 Comments:

ठरकी दादा said...

सटिक बिचार र पूर्ण यथार्थ, तपाईले सबै नेता र दलको मनको डरलाई एकै ठाउँमा राखी दिनु भएको छ ।
"राजा कुन चै मन्दीर झुक्याएर जालान भन्ने पिर गर्ने हैन गिरीजा, प्रचण्ड, माधब नेपल जस्ताहरुले" भन्ने वाक्य एकदम चित्त बुझ्दो लाग्यो ।

me said...

माओवादी ,एमाले,कांग्रेस जस्ता कुनै एक राजनैतिक पार्टी प्रति पुर्वाग्रही हुदै र पुर्वानुमान गर्दै विचार राख्दै गर्ने क्रम निकै चर्को भैराकोबेला' यो विश्लेषण निकै सान्दर्भिक लाग्यो--- फेरि फेरि पनि पढ्न पाम है त :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !