October 31, 2007

संविधान सभाको निवाचन पछि पनि नेपाल छ ।

भाग ४

२०४८ सालको निर्वाचनमा नेपालको तेस्रो ठुलो राजनैतिक पार्टर्ीीे रुपमा अगाडी आएको संयुक्त जनमोर्चा नेपाल मध्यावती निर्वाचन संगै करिव सकिएको थियो । संसदवाट गणतन्त्रको धोषणा गर्न नसकिने निष्कर्षनिकाल्दै डा वावुरामको नेतृत्वमा एउटा गुट छुटिएर माउवादी को रुपमा ससस्त्र क्रान्ती नाउमा जंगल गए । गरिवलाई गासवास अनि कपासको नारा दिइ विरोधी विचारधाराको सफाया गर्ने भन्दै १० वर्षा १५ हजारले अकालमा ज्यान गुमाए । नारा जे भएता पनि उदेश्य सत्ता प्राप्तीको थियो ।करिव पतनको राजनैतिक स्थितीमा पुगिसकेको र अहिलेको अवस्थामा आफुलाइ नेपालको पहिलेा शक्ती भन्न रुचाउने माउवादीहरु आफना सेनाको नाउमा जे पनि गर्न सकिन्छ भन्ने सोचमा छन । तर पछिल्लो घटना क्रमले प्रतिष्पदा चुनाव प्रणाली मा स्वयम माउवादी अभ्यक्षको स्थिती कमजोर रहेको देखाएको छ । उनिहरुलाई चुनाव जित्न सकिदैन भन्ने ज्ञान छ ।
नेपालमा शसस्त्र कान्ती देशका दुवै ठुला दल नेपाली कंग्रेस र एमाले ले गरि सकेको छ । नेपाली कंग्रेस संग यसको प्रत्यक्ष अनुभव छ भने कम्युनिष्ट आन्दोलन को ससस्त्र कान्तीका अगुवा हरु नेकपा एमालेमा छन । तर हातमा हतियार वोक्दैमा कुनै पनि दलले जनताको मत जित्न सक्दैनन भने ज्ञान उनिहरुलाई छ ।

मेरो विचारमा कार्यकर्ताको हिसवाले एमाले अगाडी छन । उनिहरुले कार्यकर्तामा जोस छ । अनि कार्यसैली छिटो छ । तर पार्टर्ीीे अनुभवमा नेपाल कंग्रेस धेरै अगाडी छ । नेपाली कंग्रेस प्रति सदभाव राख्ने जमात अरुको तुलनामा धेरै छन । जहा सम्म माउवादीको कुरा छ उसका सेना नै उसको वल हो । यसवाहेक अरुमा विस्वास गर्न सक्दैनन उनिहरु । सेना कान्टुनमा वसेका हैनन । तेहा त सरकारको भत्ता प्राप्त गर्न सकिने भर्एको ले कार्यकतलाई राखिएको मेरो निष्कर्षछ । असली माउवादी जनयुद्धका ेसेना उहिलेको वाइसिएल नै हो ।

अव वाइसिएलको कुरा गरौ ।जव माउवादीले १२ वुदे संझौतामा हस्ताक्षर गरे तेसपछि जन्मियो वाइसिएल । जसलाई माउवादी आफनो मेरुदण्ड मान्दछन । अहिले माउवादीलाई वाइसिएलको पुरा विश्वास छ ।हुन पनि शान्ती सम्झौता पछि हतियार वोकेर वाहिर हिडन नपाएर के भो र - वाइसिएल नेपाली राजनितीमा घाटीमा अडकिएको हाड भएको छ । कहिले राजधानीको फोहरको राजनितिमा अगाडी आउछ भने कहिले भष्टचारीलाई कारवाही गर्ने कुरामा । राजनिती नै हो न काठमाण्डौवाट फोहर हटयो न देशवाट भष्टाचारी ।

जनता तह लगाउन माउवादी भौतिक कारवाही गर्छ ।अनि हरेक कुरामा धम्कीको भाषा प्रयोग गर्न माहिर छ । पछिल्लो घटनाक्रम हर्ेर्ने हो भने पत्रकार विरेन्द्रको अपहरणले समेत माउवादीको असली रुप अगाडी आएको छ । अरु कुरा नभनौ आफुले भएको नपुगेमा फेरी क्रान्ती गर्ने भाषा माउवादीले सधै प्रयोग गर्ने गर्छ ।
क्रमश


2 Comments:

ठरकि दादा said...

संविधान सभाको निवाचन पछि पनि नेपाल छ । तर लाग्छ हाम्रा "नेता" भन्नु पर्नेहरुलाई यसको आभास छैन।

उनिहरुलाई नेपालको अस्तित्व भन्दा पार्टीको अस्तित्वको मात्रै पिर छ।

पहिला भए गरेका सबै कुरा भुल्दा पनि माउओबादीमा सुधारको कुनै लक्षण ने दिखीएको छैन।

केहि दिन जनतालाई भुल्याउन जे भने पनि तपाईले भने जस्तै "राजनिती नै हो न काठमाण्डौवाट फोहर हटयो न देशवाट भष्टाचारी"

हालको स्थितिमा आईपुग्दा समेत पत्रकार विरेन्द्रको अपहरण गर्नु ले माओबादी अझै "मार काट"कै नीतिबाट सत्ता कब्जा गर्ने सुरमा भएको प्रष्ट छ भने माओबादिले "स्वीकारि सक्दा" पनि कुने कारबाहि गर्ने "साहस" हाम्रा प्रधान मन्त्रिले देखाउन सक्नु भएको छैन।

यस्तो अबस्थामा फेरी "क्रान्ती" (माने केहि हजारको हत्या) बाट सत्ता पाईन्छ भन्ने माओबादिको बिचारलाई बल मिल्नु भने मैले स्वभाविक देखेको छु ।

Anonymous said...

I think tittle is just enough. IT IS ENOUGH!!! Absolutely. What they gonna do after consitutional election??? Republic Country,I dont care whether the money I carry has king's picture or a picture of a flower. It just a paper with some buying power.
Hey Netas let me hear yea what is your road map after that? Election...that has nothing to do with me. I have voted numbers of times and my vote was kinda contribution to their debit card with that they enhanced their life. Unless and untill you dont have sound plan for New Nepal, I just consider you people a bunch of THUGS. These constitutional elections, proportionality membership, Federal ruling....these are just insane, new words to fool people. I think the country is in turmoil because political people are very powerful, even they are above the constitution. In Panchayat, king was only above constitution. Now so many leaders, even YCL are above the constitution.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !