October 16, 2007

मैले बुझेको माओबादी। भाग २

मैले बुझेको माओबादी। भाग २।

धेरैले सुनेको पनि होला, न सुनेको पनि होला। यदु गौतम माओबादीको हातबाट सेरिनुको कथा।गौतम जी माओबादी त्यागेर एमालेमा प्रबेश गरेका ब्यक्ति हुन्। माओबादी भित्रका आन्द्राभूडि सबै थाहा भएका।उपचारको सिलसिलामा शिक्षण अस्पताल बरोबर धाउनु पर्ने भएका कारण महाराजगंज, शिक्षण अस्पताल नजिकै डेरामा बस्नु हुन्थ्यो। एक दिन बिहानै गौतम जीले निर्मल निवासबाट निस्कदै गरेका महा काम्रेड भेट्नु भएकै कारण मारिएका हुन रे।।त्यस पछि गौतम जी ले यो कुराको जानकारी माधव नेपाल जीलाई दिनु थियो रे। मारिनु भन्दा केही दिन अगाडि यदु गौतमले श्रीमती तीर्था गौतमजी लाई, आफु मारिन सक्ने जानकारी गराएका थिए रे।

हुन त यस्तो कहानी सबै सत्य हुनै पर्छ भन्ने छैन, तर यहाँहरुले पनि बुझे हुन्छ, एमालेका केन्द्रीय स्तरका नेताहरु संग। यस्तै मिल्दो जुल्दो कहानी बताउने छन्। पक्कै पनि हावा न चली पात हल्लिएको छैन।

यसरी नै सशस्त्र प्रहरीका आइ जी क्रिष्ण मोहन श्रेष्ठ मारिए, एका बिहानै मर्निङ् वाक हिडिराखेको बेला, कुसुन्ती छेउमा।यो घट्ना हुनु को केही दिन अगाडि मात्र, गुप्तचरबाट महा कामरेडहरु काठमाण्डौमै छन् भन्ने रिपोर्ट गरेका थिए। जानकारी प्राप्त हुना साथ आफै पछि लाग्दा त्यो महा कामरेडहरु चढेको गाडी निर्मल निवासमा प्रबेश गरेको भेट्टियो रे।त्यसको केही दिन मै उहाँलाई गोली हानियो।यी सबै मैले एमालेका जिम्मेदार नेताको मुख बाट सुनेको हुं।

कांग्रेसका राम् चन्द्र पौडेलले भनेका थिए, माओबादीहरुको माइबाप निर्मल निवासमा बस्छन् भनेर, हावामा उडाए धेरैले।हुन त यी कहानीहरु कुनै पनि राजनैतिक बाद,शिद्धान्त र स्वाभाबिक बहाब संग मेल न खाला। तर मित्रहरु, नेपालको राजनीति र घट्ना क्रमहरु कुनै पनि प्रतिपादित थ्योरी संग कहिलेइ मेल खाएको छैन र खाने पनि छैन। किन कि हाम्रो नेताहरु र राजनीति बाहिर र भित्र एकै कहिलेइ भएन। बाहिर जे देखिन्छ, त्यो भित्र छैन।जसले चर्को स्वरमा भारतको बिरोध गर्छ, त्यसले त्यति नै मात्रामा भारतको माना चामल खाएको हुन्छ।क्रान्तिकारी देखिनेहरुले जनतालाई भ्रान्तिमा राखेका छन्। क्रमश:

5 Comments:

Anonymous said...

राहुल दाइ प्रचण्ड निर्मल निबास गएका होलान र ? पार्टीहरु स्प्षट रुपमा भारतबाट संचालीत भएको त प्रमाणित भयो। कता माओबादी दरबारबाट चलेको प्रमाणित हुने हो। त्यसो भए माओबादीको गणतन्त्रको नाटक किन नि ?

rahulvai said...

नेपालियन जी, यसबारे मा पनि अर्को अंकमा लेख्ने छु।किन गणतन्त्रबादी भए, किन ७ दल संग १२ बुंदे सहमती मा आए र जन-आन्दोलन भाग २ मा उल्लेख्य सहभागिता जनाए भन्ने बारे पनि लेख्ने छु।

Anonymous said...

Politics is all about drama. They just act to make the film hit. A lot of fake things go behind the camera but only censored things come on the screen. Same thing is going on in Nepal. We dont know what is the real ground of prachande.

Postak_Shrestha said...

राहुलभाइको पुरै लेख नपढी खै के भन्नू, प्रमाण, तथ्य बाहिर नआएसम्म यसलाई अनुमान मात्र मान्न सकिन्छ। प्रजातान्त्रीक शक्तीको बिरुद्धमा प्रयोग गर्नको लागि दरबारले आरम्भमा अप्रक्तक्ष सहयोग गरेको हुनसक्छ। माओबादी निर्मल निवासबाट पारीचालित भएको भए र रामचन्द्र पौडेलसंग त्यसको प्रमाण भए, उंहा अहिले सरकारमा बरिस्ठ मंन्त्री हुनुहुन्छ, नेकाको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, उंहाले पर्दाफास गर्नु हुन्थ्यो होला नि त।
माओबादीको बिद्रोहलाई प्रायोजित मान्ने हो भने, कसैबाट संचालित मान्ने हो भने हामी समस्याको जडमा कहिले पुग्न सक्दैनौ।

Anonymous said...

हल्ला बढी चल्ने नेपालमा सबै हल्ला झूठ हुँदैनन तर पूर्ण सत्य पनि नहुन सक्छ । त्यसैले यस्ता हल्लाहरुले भरपर्दो तथ्य दिँदैनन । तर समयक्रममा यी हल्लाले पछिल्ला घटनाहरु बुझ्न मदत अवश्य गर्छ । जस्तो कि, प्रचण्डकै कुरा गरम, नेपालमा हुँदा निर्मल निवासले संरक्षण गर्ने, भारतमा र ले । त्यहि हुनाले झिँगा उपियाँ खोज्न सक्ने खुफियाहरुले यीनलाइ रेडकर्नर नोटीसमा चढ्दा पनि देखेनन । बिनलादेन वा मुल्ला ओमार त थिएनन नि यिनि गाँठे । दह्रै ठाउँबाट नपालिएका भए जंगलमा लुकेर बस्दा पनि लम्बोदरमय भुँडि बनाउने सौभाग्य के पाउँथे होला र जस्तो लाग्छ हैन? पहिला भारतले आतंककारी घोषणा गर्दा पनि त्यहिँ दिल्ली वरिपरि मजाले पालिएको रहेछ भन्ने रहस्य प्रचण्डको भारतभ्रमणताका नै छताछुल्ल भैसक्यो । अहिले संविधान सभा चुनाव भाँड्ने कार्य पनि गोप्य वासताका देखिकै निर्मल निवास सम्वन्धको करामत हो कि भन्ने शंका गर्ने ठाउँ छ नि हैन? उसैपनि दरबारबादि र भारतबादि भनेर एकताका प्रचण्ड बाबुराम गाँड कोराकोर गरेकै थे । यदु गौतम वा कृष्णमोहन मारीएको समयभन्दा पछि मात्रै तिनेरु तेसरी बाजेका हैनन ? कुरो कतै न कतै सहि छ है भन्न मिल्ने कुरो हो क्या यी पनि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !